आजको लिम्बुवान वन्द जमेन

Read Time:2 Minute, 26 Second

पुर्वमा निर्वाचन बहिस्कारका लागि आन्दोलन गर्दै आएको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले गरेको बन्दको पुर्वमा आंसिक मात्रै प्रभाव परेको छ ।

इटहरी, दमक, विर्तामोड, काँकडभिट्टा, उर्लाबारी, धरान, धनकुटा , तेह्रथुम , संखुवासभा हुँदै चल्ने यातायातका साधन आंसिक चलेका छन् । संविधानसभाको निर्वाचनको विरोध गर्ने क्रममा पक्राउ परेका कार्यकर्तालाई छोड्न दवाव दिँदै आज एक दिन वन्द आब्हान गरिएको परिषद्ले जनाएको छ । परिषदका अध्यक्ष कुमार लिङ्देनले बन्दको बिरोध गर्ने क्रममा पक्राउ परेका दुई दर्जन कार्यकर्ताको रिहाइको माग राख्दै बन्दको आव्हान गरिको बताए ।

आजको लिम्बुवान वन्द जमेन
मञ्च सम्वद्ध संघिय लिम्वूवान राज्य परिषदले पुर्व लिम्वूवान वन्दको आब्हान गरेपनि वन्दको खासै प्रभाव देखिएन । सधै पुर्वको मुख्य वजार धरानमा यातायात वन्द हुने गर्दथ्यो भने यसपटक भने वन्दको प्रभाव धरान, ईटहरीमा परेको छैन । झापाको दमक, विर्तामोड लगायतका केही मुख्य सडकहरुमा मात्रै वन्दको सामान्य प्रभाव परेको पुर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय ईटहरीले जनाएको छ । मुलुक निर्वाचनमा होमिएकोले पनि लिम्वूवानको वन्दको प्रभाव नदेखिएको राजनितिक विष्लेषकहरु वताउछन । धेरै लिम्वूवान कार्यकर्ता अरु दलमा गएकोले पनि वन्द सफल नभएको वताईन्छ ।
यसअघिका बन्दमा सबै लिम्बुवानी संस्थाहरुले संयुक्त रुपमा हैसे गर्ने हुनाले बन्द भब्य हुने गरेकोथियो । तर ति सबै चुनावमा भिडेकाछन् । लिम्बुवानीजन्य संस्थाहरु मध्ये यो एउटा संगठन मात्र बहिष्कारमा उत्रिएको हो ।
 
भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %