सुशील कोइरालाको गाडीमा आगजनी

Read Time:2 Minute, 9 Second

नेपालगञ्ज

कार्तिक ११ , नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा आगजनी भएको छ । नेपालगञ्ज १३ स्थित पार्टी कार्यालय अगाडी नै अज्ञात समूहले विहान साढे १० बजेतिर आगो लगाएर भागेपछि स्थानीयले निभाएका थिए । मोटरसाइकलमा रहेका दुई जनाले नेपालगञ्जको अति व्यस्त सडक सुर्खेतरोडमा रोकिराखिएको भे १ च ९१७ नम्बरको गाडीमा डिजेल छर्केर आगजनी गरेका थिए । आगजनीबाट गाडीको पछिल्लो भाग सामान्य जलेको छ ।  

 आगजनी गर्ने व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घटना लगत्तै यता बांके प्रहरीले  सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षा कर्मीलाई साधा पोशाकमा खटाइएको छ भने चेक जांच तिर्ब पाएिको बांके प्रहरीका डिसपी प्रेम बस्नेतले जानकारी दिनु भयो । त्यसैगरी आज विहानै एकिकृत नेकपा माओवादी बाँके क्षेत्र नं ३ का उम्मेद्धवार दामोदार आचार्य सहितको टोलीले काङग्रेस कार्यकर्ता गणेश गौतमलाई कुटपिट गरेको छ ।

आज विहान गणेशपुर स्थित घरमा बसिरहेका बेला चुनावी प्रचार प्रसारको क्रममा आएका माओवादी कार्यकर्ताहरुले झन्डा गाड्ने बिषयमा विवाद भएर आफुलाई कुटपित गरेको गौतमले बताउनुभयो । रुकुम वडा नं २ स्थाही घर भएका गौतम हाल गणेशपुरमा बस्दै आइरहनुभएको छ । माओवादीको झन्डा गाड्न पाइदैन भनेर भन्दा माओवादी कार्यकर्ताले आफु माथी आक्रमण गरेको उहाँको भनाइ छ । 

दीपा आले

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %