राजनीति आफैमा एक जटिल विषय हो । तर पनि यो सर्वव्यापी छ । आधुनिक विश्वमा कालले छाड्ला तर राजनीतिले छाड्दैन । किनकि राजनीति आफैमा विश्वव्यापी छ । त्यसैले मानिसहरु चाहेर वा नचाहेर राजनीतिको प्रभावमा पर्ने गर्दछन् । राजनीति मानिसको कर्तव्य र जिम्मेवारी बनेको छ । त्यसैले यसबाट भाग्छु र टाढा जान्छु भनेर कोही जान सक्दैन कोही अछुतो हुन सक्दैन । राजनीतिलाई जिवन्त राख्ने लोकतान्त्रिक एक प्रक्रिया निर्वाचन पनि हो । नेपालीहरुको सार्वभौमिकतालाई अक्षुग्णराख्ने नजिकिदै गरेको संविधानसभाको निर्वाचन पनि हो भनिदैछ ।
यो प्रक्रियमा कोहि छुट्नु हुँदैन ।एउटा सत्य के पनि हो भने चाहे मत हाल वा नहाल त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव समग्र सबै प्राणी र विश्वलाई नै पर्ने गर्दछ । त्यसैले पनि यो संविधानसभाको निर्वाचन महत्वपुर्ण छ । मंसिर चार गते हुने संविधान सभाको निर्वाचनले समग्र नेपालीहरुको भाग्य र भविष्यको फैसला गर्नेछ । गएको संविधानसभाको असफलताले पनि धेरै जटिल बन्दै गएको छ संविधानसभाको दास्रो निर्वाचन । जटिलता र महत्वपुर्णताको एक आकलन के हो भने यो संविधानसभाको निर्वाचन असफल भए तेस्रो संविधानसभाको निर्वाचन यो मुलुकले तत्कालै पाउन सक्दैन । यसको अर्थ हो संवैधानिक रुपमा हामीले प्राप्त गरेका संघीय लोकताान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता जस्ता राजनैतिक उपलब्धी पनि गुम्ने खतरा ।
अधिकार नपाएका आदिवासी-जनजाति,दलित,मुस्लिम,सिमान्तकृत समुदाय,पिछडीएका क्षेत्र र वर्ग समुदायलाई व्यालेटले जित्न सकिने यो भन्दा अर्को राम्रो मौका मिल्न सक्दैन । त्यस माथि गएको संविधानसभामा सहमति हुन नसकेका केही जटिल मुद्दाहरुले त झन् समग्र परिवर्तन चाहने र नचाहने यथास्थितिवादीहरु विचमा अन्तिम ध्रुविकरण हुने निश्चित नै छ ।
गएको संविधानसभामा बहुमत संविधानसभा सदस्यहरुले पहिचान सहितको संघियताको पक्षमा हस्ताक्षर बुझाउँदा समेत संविधानसभावाट संविधान जन्मन नसकेको तितो र सोचनीय विषय हाम्रो सामु छ । त्यसैले अहिलेको संविधानसभाको निर्वाचन भनेको अग्रगामी र यथास्थितिवादीहरु विचको लडाई हो भन्नेमा कसैको दुई मत नै छैन । नेपालको सन्र्दभमा पहिचान सहितको संघियता,धर्म निरपेक्षता, जातीय जनसंख्याको आधारमा समानुपातीक प्रतिनिधीत्व जस्ता मुद्दाहरु अग्रगमनका लागि थियो तर यथास्थितिवादी परिचय बनाएका ठुला भनिने दलहरुले खेलेको अप्राकृतिक भुमीकाले त्यसको मृत्यु भएको उदाहरण हाम्रो अगाडी छ । जसको प्रतिक्रिया स्वरुप एमाओवादीबाट समग्र आदिवासी नेताहरु सहित नेकपा-माओवादीको रुपमा फुट्यो,त्यसै गरी एमालेबाट असोक राई सहित जनजाति मधेसीहरुको ठुलो ढिक्का नै फुट्यो,कांग्रेसबाट पनि जनजातिहरुको ठुलो समुह नै बाहिरीयो ।
यि राजनैतिक घटनाहरुले ठुला भनिने दलहरुले अग्रगमन चाहदैनन्, संघीयता ,धर्मनिरपेक्षता चाहदैनन् । सबै नेपालीहरुलाई अधिकार सहितको संविधान दिएर सदाको लागी जाातीय द्धन्द्ध समाप्त गर्न चाहदैनन् भन्ने नै प्रमाणित हून्छ । यि ठुला भनिने दलहरु जनता लडाउने,देश भिडाउने सत्तामा टिकिरहने बाहेक अरु केही पनि गर्न नसक्ने रहेछन् भन्ने यिनीहरुको राजनैतिक गतिविधीले प्रमाणित गरेको छ । त्यसैले यि नेपाली राजनीतिमा फेल भईसकेका दलहरुबाट के आशा राख्न सकिन्छ !
नेपालको जातीय ,क्षेत्रिय ,वर्गिय,धार्मीक,साँस्कृतिक द्धन्द्धहरुको समापन गरेर नयाँ समृद्ध नेपाल बनाउन सक्ने नयाँ शक्तिको उदय हुन अति आवाश्यक छ । यदि मौजुदा ठुला भनिने दलहरुबाट नै त्यो परिवर्तन हुन सक्थ्यो भने यी दलहरुलाई नेपाली जनताले पटक पटक मौका दिएकै हो तर नेपाली क्रान्तिको कार्यभार पुरा गर्न सकेनन् । नेपाली काँग्रेसले २००७ सालको क्रान्ति पश्चात १०४ बर्षको जहानिय राणा शासन फालियो । नेपाली काँग्रेसले क्रान्तिको एक कार्यभार पुरा ग¥यो । नेकपा एमाले र काँग्रेसले २०४६ को आन्दोलन ग¥यो पञ्चायती शासन फालियो, क्रान्तिको अर्को कार्यभार पुरा गरे । १० बर्षे हतियारी युद्ध सहित २०६४ मा राजतन्त्र नेपाली भुमिबाट सदाका लागी फालियो, माओवादीले क्रान्तिको अर्को कार्यभार पुरा ग¥यो । तर नेपाली सामाजिक ,साँस्कृतिक र आर्थिक क्रान्तिका बाँकी कार्यभारहरु पुरा गर्नका लागी अब नयाँ शक्तिको आवश्यकता छ ।
त्यो बाँकी कार्यभार यी राजनैतिक दलबाट हुन सक्दो रहेनछ भन्ने कुरा त गएको संविधानसभाले नै प्रमाणीत गरेको छ । बहुमतमा माओवादी संविधानसभा भित्र हुदाँ पनि परिवर्तन गर्न नसक्नेले के अब गर्ला त ! गर्नै सक्दैन किनकि अबको संविधानमा कसैको पनि बहुमत आउनेवाला छैन । परिर्वतनको नयाँ ज्वारभाटा ल्याउने त्यो शक्ति अचानक आकास र धर्ती फाटेर आँउछ भन्ने परिकल्पना गर्नु मुर्खता बाहेक अरु केही हुन सक्दैन । त्यो शक्तिको रुपमा मौजुदा दलहरुले गर्छ भन्नु पनि फेरी देशलाई अनिर्णयको बन्दी बनाउनु नै हो । किनकि गएको संविधानसभामा पहिचान सहितको संघियतामा बहुमत हुदाँहुँदै पनि संविधान दिन नसकेका त यिनै ठुला भनिने दलहरु नै त हुन ् ।
क्रान्तिकारी भनिने माओवादी पनि त सत्ता लुछाचुडीमा नै समय वितायो ।उसले नेपाली समाजिक साँस्कृतिक क्रान्तिको बाँकी कार्यभारलाई छोडेर एकै चोटी सत्तामा टिकीरहने नक्कली आर्थीक क्रान्तिको मार्गमा बढेकोछ । जबकि नेपालमा अहिले सम्म राजनैतिक क्रान्ति मात्र भएको छ जसले सत्ता राणा बाट पञ्चे, पञ्चेबाट राजा र राजाबाट सिमित समुदाय र पार्टीको हातमा मात्र पु¥याएको छ । त्यस बाहेक नेपाली समाजिक,साँस्कृतीक र आर्थीक क्रान्तिका बाँकी कार्यभार बाँकी नै रहेकाछन् । त्यसैले नेपालको सामाजिक साँस्कृतीक र आर्थीक क्रान्तिको बाँकी कार्यभार पुरा गर्न अहिले अस्तित्वमा भएका दलहरुबाट नै नेतृत्व लिईनुपर्ने हुन्छ ।
यस बाहेक नयाँ शक्तिको खोजि गरियो भने नयाँ शक्तिलाई अस्तित्वमा आउन नै दश वीस बर्ष लाग्ने गर्दछ ।तेती बेला सम्म नेपाली क्रान्तिको क्रमभंगता भईसकेको हुन्छ जुन क्रान्तिको उठान गर्न फेरी हतियारबाट गर्नुपर्छ , नेपाली जनता त्यो चाँहदैनन् । त्यो भन्दा राम्रो मौजुदा दलहरुबाटै नयाँ शक्तिको खोजीले नेपाली सामाजिक साँस्कृतीक र आर्थीक क्रान्तिको बाँकी कार्यभारलाई निरन्तरता दिन्छ र निश्कर्षमा पु¥याउँछ । त्यो नयाँ शक्ति भनेको नेपाली राजनीतिमा विगत २४ बर्ष देखी संघर्ष गरेको पार्टी राष्ट्रिय जनमुक्ति पार्टी नै हो । नयाँ शक्तिको रुपमा उदयमान यो पार्टीले अबको संविधानसभाको निर्वाचनबाट त्यो वैधता प्राप्त गर्ने निश्चित नै छ । जसका धेरै बलिया आधारहरु छन् । यो पार्टीले विगत २४ बर्ष देखी निरन्तर शान्तिपुर्णरुपमा नेपाली राजनीतिमा संघर्ष गरेको यसको पहिलो बलियो आधार हो । शान्तिपुर्वक संघर्ष गर्दा पनि यो विगत लामो समय सम्म सरकार र सत्ताबाट बाहिर बस्दापनि यो पार्टी मरेन बरु संघर्षका नयाँ नयाँ चरणहरु र उपायहरु अवलम्बन ग¥यो । जसले गर्दा यो संग लामो समयको राजनैतिक शान्तिपुर्ण यात्राको विरासत छ ।
खुला राजनीति मार्फत संघर्ष गर्दा पनि यो पार्टी र यो पार्टीका कार्यकर्ता कहिल्यै डगमगाएनन् । बरु संघर्षका लागी लामो कसरत मार्फत झन् बलिया भएकाछन् । साथै सिमित स्वार्थका लागी डगमगाएनन् । त्यो एतिहासिक बिरासत यो पार्टीको मात्र छ । यसले स्थापनाकालमा उठाएका संघीयता,धर्म निरपेक्षता,जातीय द्धन्द्ध सदाका लागी समाप्त गर्न जातीय जनसंख्याको अधारमा समानुपातीक प्रतिनिधित्व,भ्रष्टाचारीलाई मृत्युदण्ड सम्मको सजाय लगाएत मुद्दाहरु आज नेपाली राजनीतिमा सर्वमान्य भएको छ । जुन दोस्रो बलियो आधार हो ।
आज सबै जस्ता दलहरुले यी राजनैतिक विषयको उठान नगरिकन तिनको भाषण नसकिने अवश्था आएको छ । जसले नेपाली राजनीतिमा नेपालका ठुला भनिने दल र यथाश्थितीवादी शक्तिहरुलाई नैतिकरुपमा हार स्वरुप धुलो चटाएको छ । यो हार नै जनमुक्तिको विजय यात्राको अर्को आधार हो । जनमुक्तिको सुरुका समयहरुमा सिमित ठुला भनिने पार्टीले साम्प्रदायिकताको संज्ञा दिदै यो पार्टीलाई नेपाली राजनीतिबाट पाखा लगाउन खोजेकै हो तर यसको निरन्तरता र शान्तिपुर्ण याात्राले गर्दा यो पार्टीलाई ति समुदायले पनि आफ्नो पार्टी बनाए । जसले गर्दा ब्राह्मण,क्षेत्री,ठकुरी,मधेसी,मुसलमान जस्ता जातिहरु पनि यो पार्टीको समानुपातीक र प्रत्यक्ष उमेदवार बनेकाछन् जुन यो पार्टी शक्तिशाली बन्दैगएको छ भन्ने तेस्रो आधार हो ।अर्को विषय भनेको यो पार्टीले स्थापनाकालबाट उठाएका राजनैतिक मुद्दाहरु आज सहि सावित हुँदै गईरहेका छन् । यो पार्टीले उठाएका थुप्रै मुद्दाहरु मध्ये प्रमुख नेपालको प्रमुख अन्तरविरोध भनेको जातीय अन्तरविरोध हो । जित्नेले जितेको अनुपातमा र हारेकाले पनि हारेको अनुपातमा आ-आफ्नो हिस्सेदारी पाउनुपर्छ, बाँच र बाँच्न देऊ भन्ने सिद्धान्त अनुरुप जातीय जनसंख्याको आधारमा समानुपातीक प्रतिनिधित्वको व्यवश्था हुनुपर्छ भन्ने आवाज उठायो । तर त्यो आवाजलाई राज्यले २४ वर्ष अगाडी नसुन्दा मुलुक जातीय धार्मीक र क्षेत्रिय युद्धको ढोकामा नै उभिएकोछ । यदि यो संविधानसभाले कुनै नतिजा सहितको निकास दिंदैन भने मुलुक जातीय द्धन्दमा फस्ने नै छ ।अर्थात जनमुक्तिले उठान गरेको विषयबस्तु अकाट्य छ भन्ने विषयले पनि प्रमाणीत गर्दछ । नेपालमा जातीय अन्तरविरोध प्रमुख हो भन्दा मुख मोडने ठुला दलहरुले अहिले त्यही जातीय विषय उठाएर जनजाति मधेसी नेताहरुले नै पार्टी फोड्दा चेत खाएकाछन् ।
जनमुक्तिले उठाएका विषयहरु सत्यतामा प्रमाणित हुँदै जानु यसको चौथो आधार हो । साथै यो पार्टीले उठाएका राजनैतीक मुद्दाहरु आज राष्ट्रिय मुद्दा बनेको छ । धर्म निरपेक्षता , संघीयता, समानुपातीक प्रतिनिधीत्व जस्ता राजनैतीक मुद्दाहरु देश व्यापी भएको छ जसले यो पार्टीको सैद्धान्तिक विजय भएको प्रमाणीत गर्दछ । जुन यसको पाचौ आधार हो ।अर्को विषय भनेको विगत संविधानसभामा नेपालका ठुला राजनैतिक दलहरुले खेलेको भुमिका प्रति असन्तुष्ट भएर पार्टी परित्याग गरेका जनजाति र साना राजनैतिक दलहरु राष्ट्रिय जनमुक्ति पार्टीमा निसर्त प्रवेश र एकिकरण गरेकाछन् । जसले नयाँ शक्तिको रुपमा जनमुक्ति पार्टी उदयमान हुँदैछ भन्ने देखाउछ । अर्को बलियो आधार भनेको यो पार्टीले स्थापना कालदेखी उठान गरेको राजनैतिक मुद्दा र राजनैतिक यात्रालाई संस्थागत जनमुक्ति विचारधाराको नाममा गरेकोछ । यसको लक्ष्यको रुपमा बहुजातीय लोकतान्त्रिक समाजवादलाई लिएकोछ । जुन राजनैतिक दर्शन नेपालको भुराजनैतिक बस्तुस्थिती अनुसारको स्वदेशी विचार भएकाले पनि यो दर्शनले नेपाललाई समृद्ध बनाउनेका कसैको दुई मत नै छैन । त्यसैले नेपालको नयाँ उदयमान शक्ति भनेको राष्ट्रिय जनमुक्ति पार्टी नै हो भन्नेमा कसैको दुई मत नै छैन ।यो शक्तिले मात्रै नेपालको राजनैतिक निकास दिन सक्छ ।यो वैकल्पिक शक्ति हो । यो निर्वाचनले त्यो वैधता प्राप्त गर्देछ ।
सुन्दर गुरुङ
(गुरुङ जनमुक्तिको युवा संगठन राष्ट्रिय युवा मोर्चाका महासचिव हुन्)