पाल्पा, कार्तिक ९
गएको बिहिबार पाल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको शब ३ दिन पछि मात्रै हिंजो बेलुकी आफन्तले जिम्मा लिएका छन् । चालकले जिप नचलाएर मालिकले चलाउदा जिप दुर्घटना भएको भन्दै श्रीनगर जिप ब्यवशायी संघ पाल्पाले घाईतेको उपचार र मृतकलाई क्षतिपुर्ति नतिर्ने बताएपछि आफन्तहरुले शब बुझ्न अस्विकार गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय, जिप ब्यवशायी संघ र मृतकका आफन्त बिच भएको ३ बुदे सहमति पछि मात्रै आफन्तले प्रहरी संग शब बुझेका हुन् ।
पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी निरन ज्ञवालीका अनुसार दुर्घटनामा ज्यान गुमाएका परिवारलाई तत्काल कृया खर्च स्वरुप प्रतिपरिवार २५ हजार समितिले दिने, घाईतेहरुको उपचारको लागी बढीमा १० हजार सम्म प्रदान गर्ने र घटनाको बारेमा अनुसन्धान गर्ने भनी सहमति भएको हो । छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी निरन ज्ञवाली, प्रहरी निरिक्षकहरु राजकुमार थिउजु र कृष्ण सापकोटा, श्रीनगर जिप समितिका सचिब दिपक श्रेष्ठ, कार्यालय प्रमुख भबिन्द्र गौतम र पिडित पक्षको सहभागिता थियो ।
पाल्पाको चिलाङ्गदीमा चलिरहेको भारतीय पेन्सन क्याम्प बाट पेन्सन लिएर जल्पा जादै गरेको लु १ ज १२३० नम्बरको जिप दुर्घटना हुदा जिपका मालिक बहादुरपुर २ का ५० बर्षिय चन्द्र बहादुर बाह्रघरेको पनि मृत्यु भएको थियो ।
गाडी चालक देबीनगर २ जल्पाका २३ बर्षिय धर्मराज कुवरले आफैले गाडी चलाउदा दुर्घटना भएको पटक पटक बताउदै आउदा पनि समितिले नमानेको आफन्तहरुले गुनासो गरेका थिए । चालक कुवर उपचार पछि घर फर्किएका छन् ।
दुर्घटनामा घाईते भएकाहरुले पनि चालकले नै गाडी चलाएको भन्दै आएका छन् ।
देब पचभैया
