पाँचथरमा दुई जना लिम्बुवानका नेतालाई पक्राउ गरेर हिरासतमा राखिएकोछ । जिल्ला प्रहरी कार्यालयको टोलीले सदरमुकाम फिदिम बजारबाट संघीय लिम्बूवान राज्य परिषदका केन्द्रीय सदस्य संगम खनाल र जिल्ला अध्यक्ष लाबाहाङ चेम्जोङलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सञ्जीव बाबु खड्काले दुवैजनालाई प्रशासनको आदेशमा पक्राउ गरेको बताए । जिल्ला सुरक्षा समितिको केही दिनअघि बसेको बैठकले निर्वाचन विरोधी कृयाकलपामा संलग्न लिम्बूवान र वैद्य माओवादीका कार्यकर्ताको नामवाली नै तयार पारेर पक्राउ गर्न थालेको हो ।
भैरब आङ्ला, धरान
