पहिचानबादी लेखक वलदिप राई प्रभाश्वरको जातियमुक्ति र लोकतन्त्र नामक पुस्तक प्रकाशित भएको छ । पुस्तकको विमोचन राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष मालवर सिहं थापाले गरेकाथिए । पुस्तक विमोचन मिडिया ईन्टरनेश्नल हलमा भएको थियो । थापाले पुस्तकको विमोचनमा नेपाल विविधतामा एकता हुनुपर्ने र त्यसका लागि देशमा संघीयता सहितको जातिय जनसङयाको आधारमा समानुपातिक प्रतिनिधित्व नभई नहुने उल्लेख गरेकाथिए ।
पुस्तकमा नेपालमा कुन मार्गले जातीय मुक्ति हुनसक्छ भनि केलाइएकोछ । पुस्तक विमोचनका समिक्षक वाम बुद्धिजिवी श्याम श्रेष्ठले जातिय भित्र पनि समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताए ।
रवि बुढा
जातियमुक्ति र लोकतन्त्र विमोचन
Read Time:1 Minute, 6 Second
