एकिकृत नेकपा माओवादीको क्षेत्र नम्बर १ सुनसरीको प्रचार कार्यालयमा आज शङ्कस्पद बस्तु फेला परेको छ ।धरान १५ स्थित ज्ञान चक्षुमार्गमा रहेको कार्यालयको सटरको बाहिर प्लास्टीकको झोलामा झुण्डाएर राखेको शङ्कास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । कार्यालयको बोर्ड र व्यानरमा समेत क्षति पु¥याएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक मुकुन्ल रिजालले बताए । कार्यलयमा राखिएको शङ्कास्पद बस्तु वोटल बम भएको जनाईएको छ । नेपाली सेनाको कालीबक्स गुल्मको टोलीले सो वम डिस्पोज गरेको छ ।
यसैगरी उता सीरहाको दुइ छुटटा छुट्टै स्थानमा २ बटा सकेट बम फेला परेको छ । बिहान सिरहाको जमदह ७ र मोकसार ३ मा बम फेला परे लगतै स्थानियले प्रहरीलाइ खबर गरेका थिइ । बम भएको थाहा पोने बितीकै डिस्पोजल टोली बम भएको स्थल गएको प्रहरीले बताएको छ । आज घरदैलो कार्यक्रमका लागि जादह र मोक्सार मा एमाओवादी अध्यक्ष दाहाल जाने कार्यक्रम थियो । यसैबीच घरदैलो कार्यक्रमका लागि सिरहा आउने पक्का भएपछि वैद्य नेतृत्वको नेकपा–माओवादीले एकदिने जिल्ला बन्दको घोषणा गरेको छ । माओवादी इन्चार्ज जितेन्द्र सिंहद्धारा एक विज्ञप्ति जारी गरी बन्दको घोषणा गरिएको हो । बन्दको घोषण गरे पनि पूर्वपश्चिम राजमार्ग लगायतका जिल्लाका मुख्य सडकखण्ड र बजारमा बन्दको असर परेको छैन् ।
भैरब आङ्ला, धरान
