ताप्लेजुङमा एकिकृत नेकपा माओवादीको उम्मेदवारमाथि आक्रमण भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका सञ्चपाल मादेनमाथि बैद्य माओवादी र संघीय लिम्बुवानका कार्यकर्ताले आक्रमण गरेको एमाओवादीले आरोप लगाएको छ । चुनाबी प्रचारमा खटिएको एकिकृत नेकपा माओबादीको टोलिमाथी ताप्लेजुङको क्षेत्र नं १ स्थित मेहेलेमा आज विहान साढे तीन बजेतिर आक्रमण भएको हो ।
कमल भण्डारीको घरमा सुतिरहेको अवस्थामा नेकपा माओबादीका इञ्चार्ज सुमनको नेतृत्वमा करिब तीन दर्जन समूहले आक्रमण गरेको एकिकृत माओवादीका प्रचार प्रसार संयोजक खेलप्रसाद बुढाक्षेत्री परागले दावी गरेका छन् । आक्रमणकारिले घरमा समेत तोडफोड गरेको परागले बताए । आक्रमणमा मादेन सहित प्रचार समितिका काजी भट्टराई, वाइसियल इञ्चार्ज तारा भट्टराई लगायतका ब्यक्ति घाइते भएका छन् ।
उम्मेद्धार मादेनलाई उपचारका लागी जिल्ला अस्पताल ल्याउदै गरेको उनले टेलिफोनमा जानकारी दिए । परागसहितको कार्यकर्ताको टोली भने आज तय गरिएको सुरुमखिम गाविमा चुनावी सभा गर्न गएका छन् । प्रमुख जिल्ला अधिकारी प्रकास पौडेलले हिजैदेखि उमेद्वारसंग नेपाल प्रहरीको सहीको नेतृत्वमा टोली रहेको तर प्रहरी टोलीबाट कुनै जानकारी नआएको जवाफ दिए । एकिकृत माओबादीले जानकारी गराएपछि आफुहरुले तेल्लोकबाट सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको थप टोली परिचालन गरिसकेको बताईएको छ ।
भैरब आङ्ला, धरान
