दुर्घटनामा सातको ज्यान गयो

Read Time:2 Minute, 34 Second

धरानवाट काठमाण्डौका लागि छुटेको यात्रुवाहक वस चितवनको मुङलिङ नजिकै चण्डीभञ्याङमा दुर्घटना हुँदा ७जनाको ज्यान गएको छ ।

 बा २ ख ९८८७ नम्वरको साई सफारी डिलक्स वसमा सवार अन्य ४४ जना घाईते भएका छन् भने ८ जनाको अवस्था गंभीर रहेको चितवनका संञ्चारकर्मी सन्तवहादुर चौधरीले जानकारी दिएका छन् । हिजो अपरान्ह धरानवाट ३३ जना यात्रु लिएर काठमाण्डौको लागि छुटेको बस  आज विहान ६ वजे दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनाग्रस्त सो बसमा मुङ्लििङ्सम्म पुग्दा ५० यात्रु पुगेका थिएं ।  मृतक ३ पुरुष र २ महिला रहेका मध्ये एक जनाको सनाखत भएको छ । तेह्रथुम जिरिखिम्तीकी प्रेमकला श्रेष्ठको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालयलका डिएसपी सन्जय राउतले जानकारी दिएका छन्  । घाईतेहरुको चितवन मेडिकल कलेजमा उपचारमा भईरहेको छ भने एक जनालाई थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।  धरानवाट मात्र दैनिक ४० भन्दा वढी वस काठमाण्डौको लागि छुट्ने गरेका छन् । धरानको प्राईम वस सेवाले सो वस यात्रुको चापलाई मध्यनजरमा राखि संचालनमा ल्याएको थियो ।

यसैबीच , मोरङको दुलारीमा नंबर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा ८५ बर्षिया बृद्धाको ज्यान गएको छ । हिजो दिउँसो दुर्घटनामा परेकी मोरङको सुन्दरपुर –८ बस्ने ठूलीदेवी चौधरीको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । त्यसैगरि, सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत पानवारीमा भारतीय नम्बर प्लेटको बी.आर ३१०६ नम्बरको ट्रकले स ४ प ५०१२ नम्बरको मोटर साइकलाई ठक्कर दिँदा ४० वर्षीय अशोक यादवको घटना स्थलमै जान गएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानाएको छ ।

भैरब आङ्ला ,धरान

तस्वीर सौजन्य : चितवन प्रहरी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %