चाडपर्वको खर्च कटाएर दृष्टीविहीन र वृद्धलाई सहयोग

Read Time:3 Minute, 33 Second

 
दाङको तुलसीपुरका ब्यावसायीहरुले चाडपर्वको खर्च कटाएर अपाँगता भएका ब्यक्तिहरुलाई सहयोग गरेकाछन । उनीहरुले एक कार्यक्रमको आयोजना गरी दृष्टीविहीन,वृद्ध,वृद्धाहरुलाई करिव ३५ हजार वढीको खाद्यान तथा नगद सहयोग गरेकाछन ।
    रिपोर्टर्स क्लव दाङको समन्वयमा  तुलसीपुरका उद्योगी ब्यापारी, यातायात ब्यावसायी तथा समाज सेविले रकम उठाएर वृद्ध सेवा समितिमा रहेका वृद्धहरु, दृष्टी विहीन परिवार चन्द्रबहादुर डाँगी र रुपा गन्र्धवका परिवारलाई चामल, दाल, तेल,आटा, विस्कुट लगायतका सामाग्रीहरु र प्रति परिवार २१ सय नगत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा वोल्दै सहयोग दाता तथा नेपाल यातायात ब्यावसायी राष्ट्रिय महासंघका केन्द्रीय सचिव सुरेश हमालले आफुहरुले चाडपर्वमा गर्ने खर्चलाई कम गरेर सहयोग गरेको बताए ।
    हमालले भने –‘हामीहरुसंग धेरै पैसा भएर सहयोग गरेका होइनौ मानविय नाताले सहयोग गनुपर्छ भन्ने उद्धेश्यले सहयोग गरेका हौं ।’ त्यसै गरी कार्यक्रममा हमालले आगामी दिनहरुमा पनि यस्ता अशक्त्त ब्यक्तिहरुलाई सस्थागत रुपमा सहयोग गदै जाने प्रतिवद्धता समेत जनाए । रिपोर्टर्स क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षता तथा यातायात ब्यावसायी राष्ट्रिय महासंघका केन्द्रीय सचिव सुरेश हमालको प्रमुख आतिथ्यमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा  वोल्दै राप्ती आँखा अस्पतालका सहायक प्रसासकिय अधिकृत जसराजज विक,नेत्र हिन संघका अध्यक्ष रामबहादुर खडकालगायतले दृष्टिविहीन हरुलाई उच्च शिक्षाका लाग पहलका साथै उच्च शिक्षा हासिल गरेकाहरुलाई रोजगारको अवसर दिलाइदिन आग्रह गरेका थिए ।
 कार्यक्रममा ब्यावसायीहरु यज्ञ केसी,इश्वरि पाण्डे,उमेशचन्द मजगैया,हेमन्त डाँगी, रासस राप्तीकी प्रमुख पत्रकार नारायणी रजौरे,बालाराम खडका,ब्यावसायी दिवाकर न्यौपाने,शिवहरी गौतम,नवराज थापा लगायतले वोलेका थिए । मोतिलाल खडकाले २५ सय पाँच, सुरेश हमाल, यज्ञबहादुर केसी, राप्ती समिति काउन्टर परिवार, सुनिल स्टेशनरीका जुद्धबहादुर केसी, हेमन्त डाँगीले एकहजार ५ सय सय, दुर्गाबहादुर खडका, हुर्मत डाँगी, सन्तोष देवकोटा, संजीव भट्ट, प्रकाश भट्टले एक हजार पाँच रुपैया र अन्य ब्यावसायीहरुले सहयोग गर्नुभएको थियो । त्यसैगरी विमल रिजालले आटा,वुटवल किराना पसलले चाउचाउ विस्कुट सहयोग गरेकाथिए ।

देविका घर्ती मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %