जनमुक्तिको गाँउ वडा कार्यक्रम बढ्यो

Read Time:2 Minute, 39 Second

         
     राष्ट्रिय जनमुक्ति पार्टी तनहूँले आफनो चुनावी प्रचार प्रसार संगै गाउँ गाउँमा युवा तथा बिद्यार्थी सँगठनहरु पनि  बिस्तार अभियान संञ्चान गरेको छ । यसै बिच कोटदरबार गा.वि.स. स्थित श्री श्रृङ्ग मा.वि.मा हालै युवा तथा बिद्यार्थीको  एक भेला सम्पन्न भएको छ । ओम बहादुर थापाको अध्यक्षतामा तथा नेपाल बिद्यार्थी मोर्चा केन्द्रिय अध्यक्ष पुर्ण बहादरु राना मगरको प्रमुख आथित्यमा सम्पन्न उक्त भेलाले बसन्त थापा मगरको अध्यक्षतमा नेपाल बिद्यार्थी मोर्चा श्री श्रृङ्ग मा.वि. इकाई समिति गठन गरेको छ । उपाध्यक्ष पदमा दपक थापा , सचिव पदमा सरिता थापा, सहसचिव पदमा गीता थापा,कोषाध्यक्ष पदमा महेन्द्र थापा, चयन भएको छ । यसै गरि अन्य सदस्यहरुमा क्रमशमा, रेशम थापा, ध्रुवा थापा, बसन्ती थापा, सञ्जु थापा, र गोपाल थापा छनौट भएकाछन ।
   जिल्ला अध्यक्ष  सिजन थापाको सञ्चालनमा रहेको उक्त कार्यक्रममा विशिष्ट अथिति पुर्ब केन्द्रिय सदस्य होम बहादुर आले , प्रचार प्रसार बिभाग प्रमुख धन बहादुर पाटा मगर ,सदस्य दिल बहादुर थापा मगर शिक्षक दन बहादुर थापा , राष्ट्रिय युवा मोर्चा केन्द्रिय सदस्य सुनिल कुमार थापा लगायतका बक्तहरुले शुभकामना मन्तब्य दिएका थिए ।
    यसै बिच सोही भेलाले राजिन कुमार थापा अध्यक्षतमा  राष्ट्रिय युवा मोर्चा कोटदरबार गाउँ कार्य समिति पनि गठन गरेको छ । अन्य पदाधिकारी सदस्यहरुमा  उपाध्यक्ष पदमा  प्रकाश थापा मगर ,सचिव पदमा महेन्द्र थापा  सहसचिव पदमा मोहन थापा कोषाध्यक्ष पदमा बिर्खराज थापा ,चयन भएको छ । अन्य सदस्य हरुमा ,खडक बहादुर थापा शम्भु थापा, पदम थापा, श्रीप्रसाद थापा ,र दिवास थापा छनौट भएका छन । उक्त भेलामा करिब २०० जना को सहभागिता रहेको थियो ।
 

खडक आले मगर तनहूँ 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %