सप्तरीमा कालीलाइ बली चढाउने भन्दै एक जना धामीले छिमेकीको हत्या गरेकाछन । सप्तरीको फत्तेपुर ८ मा स्थानिय २९ बर्षीय कुमार सरदारले देउता चढेको भन्दै ३६ बर्षीय देबलाल सरदारको खुकुरी प्रहार गरी हत्या गरेकाहुन । आईतवार बिहान २ बजे धामी बसेका कुमारले झारफुक गर्दै गर्दा कालीलाइ बली चढाउनु पर्छ भन्दै देबलालको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । झारफुकमा बसेका कुमारले पहिले आफ्नो औला काटेर कालीलाइ रगत चढाए पछी देबलालको गर्दनमा खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट गंभिर घाइते भएका सरदारको घटनास्थलमै ज्यान गएको स्थानिय सञ्चारकर्मी शिब प्रसाद आचार्यले जानकारी दिए । हत्या गरिएका देबलाल अपाङगता भएका ब्यत्ति हुन । उनी इशुधर्मका स्थानिय गुरुका रुपपमा चिनिन्थे । हत्यामा संलग्न कुमारलाइ सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।
भैरब आङ्ला, धरान
