विर्तामा जनमुक्तिको प्रचारसभा

Read Time:2 Minute, 3 Second

देशको सुशासन व्यवस्थित गर्न भ्रष्टाचार उन्मुलन गर्नु पर्ने राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य तथा क्षेत्र नं १ का उम्मेदवार दल बहादुर विरकट्टाले बताएकाछन । उनले जातीय पहिचान सहितको संघीयताको संविधान विना आदिवासी जनजातिहरुको हक र अधिकार स्थापित हुन नसक्ने हुदा दोश्रो संविधान सभाको निर्वाचनमा संघीयता पक्षधरलाई जिताउनु पर्नेमा जोड दिए ।
राष्ट्रिय जनमुक्ति पार्टीले केरवानी–१, विर्तामा दोश्रो संविधान सभाको निर्वाचनको प्रचारप्रसारको क्रममा आयोजना गरेको क्रियाशिल कार्यकर्ता भेलामा बोल्दै उनले उक्त कुरा बताएकाहुन । भेलाले योगेन्द्र सारुको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा लाल बहादुर राना, सचिवमा टक बहादुर पाण्डे, कोषाध्यक्षमा कुश्मा मगर र सहसचिवमा लुमाीसरा सारु छन । त्यसैगरी सदस्यहरुमा चन्द्र बहादुर खड्का, चम्पाकली ढेगा, नारायण सोमै, दलि बहादुर राना, तिल बहादुर सारु छन । कुल बहादुर रुचालको अध्यक्षता र मन बहादुर रानाको संचालनमा भएको कार्यक्रममा पार्टीका जिल्ला सदस्य हुम बहादुर डिसुवा, क्षेत्रीय अध्यक्ष धनबहादुर थापा, क्षेत्रीय सचिव बुद्धिबहादुर राना, भूतपुर्व सैनिक संगठनका सन्त बहादुर सारु लगायतले आ–आफना भनाई राखेकाथिए ।
गोविन्द घर्ति देवदह

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %