पहिचान पक्षधर र पहिचान विरोधिका विचमा प्रतिस्पर्धा

Read Time:1 Minute, 39 Second

संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले अबको निर्वाचनमा पहिचान पक्षधर र पहिचान विरोधिका विचमा ससक्त प्रतिस्पर्धा हुने बताएकाछन् । चुनावि आमसभालाई सम्बोधन गर्न ताप्लेजुङ पुगेका अध्यक्ष राईले शनिवार विहान सदरमुकाम फुङलिङमा सञ्चारकर्र्मीसँगको कुराकानिमा आफुहरु पहिचान पक्षधर भएको र अन्य दलहरु पहिचान सहितको संघियताको विरोधि भएकाले अबको चुनाबमा पहिचान विरोधि र पक्षधर विच प्रतिस्पर्धा हुने बताएका हुन् ।
 उनले नेकपा माओवादि सहित ३३ दलिय मोर्चा चुनाबको बहिस्कारमा रहेकाले मंसिर ४ को निर्वाचन विषम परिस्थितिमा हुन गईरहेकोले चुनौतिपुर्ण रहेको समेत बताए । सरकार र सरकार चलाउने दलका कारण ३३ दलीय मोर्चा निर्वाचनमा नआएको आरोप लगाउँदै उनीहरुले सकारात्मक भूमिका नखेलेको कारण सबै दल चुनाबमा सहभागी नभएको राईको भनाई छ । अध्यक्ष राईले संविधानसभा निर्वाचन मार्फत आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी हुने दाबी गर्दै स्थापना भएको छोटो समयमा पार्टाी उत्साहजनक सहभागिता भएको कारण जित सुनिस्चित भएको बताए ।
भैरब आङ्ला, धरान

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %