थारु सांस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने उद्देश्यले कपिलवस्तुको गोरुसिंगेमा मंगलवारदेखि ३ दिने ‘थारु सांस्कृतिक मेला शुरु भएको छ । मेलाको प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपकुमार उपाध्याय, थारुल्याणकारीणी सभाका केन्द्रिय सदस्य बिश्रराम पंरसाद थारु ,थरुहट तराइ पार्टी नेपालका क्षेत्र नं ४ का उमेद्वार जवाहरलाल चौधरी, नेकपा एमाले का बलराम अधिकारी, ए माओवादीका चन्द्र प्रकाश खनाल बलदेव, फोरम लोकतान्त्रीकका गौरि शंकर थारु, थारु तराई पार्टी नेपाल क्षेत्र नम्बर ४ का राम प्रसाद थारु ,जनमुक्ति पाटी क्षेत्र नम्बर २ का उमेद्वार नागेन्द्र रौतार लगाएतले नेपालीहरुको चाड बडा दशै तिहार तथा इद उल फित्रको अवसरमा आयोजना गरिएको यो थारु मेलाले समाजमा राम्रो सन्देश दिन सफल हुने कुरामा जोड दिए।
“ हम्मन संस्कृति हम्मन पहिचान, थारु संस्कृति बचयना हम्मन अभियान ” भन्ने मुल नारा सहित आयोजना गरिएको सो मेलाको अवसरमा आईतबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो भने सोमबार ,मंगलबार र बुधबार सम्म थारु संस्कृती झल्कने खालका झुमरा झररा सजनी बिरहनी जस्ता सांस्कृतीक झलकहरु प्रस्तुत गरिने थारु उत्थान समाजका अध्यक्ष श्रीनिवास थारुले जनकारी दिए।
थारुका अनुसार आज देखि २३ गते सम्म थारु नृत्य तथा गायन प्रतियोगिता र के बनी हजारपति जस्ता कार्यक्रमहरु पनि सन्चालन हुनेछ । दशै तथा दिपावलीको अवसर पारेर थारु उत्थान सामाजिक संस्था कपिलवस्तुको आयोजना तथा जिल्लाका बिभिन्न संघ संस्थाको सहकार्यमा सो मेलाको आयोजना गरिएको हो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेको प्रमुख आतिथ्य,थारुकल्याणकारीणी सभाका केन्द्रीय सदस्य बिश्रराम प्रसाद थारुको बिशिष्ट आतिथ्य तथा थारु उत्थान समाज कपिलबस्तुका अध्यक्ष श्रीनिवास चौधरीको अध्यक्षता एवं पवन थारुको संचालनमा थारु मेला सुरु भएको थियो ।
देव पचभैया, पाल्पा
