दशै तिहार नजिकीदै गर्दा समाजमा असुरक्षा अनुभूति बढिरहेकोबेला शनिवार रोल्पामा दिनदाहाडै लुटपाट भएको छ । बिहान ११ बजेर ५० मिनेट जाँदा एक ब्यापारीमाथि हातपात गरेकाछन् । लिबाङ ९ स्यानो लिबाङ बस्ने २६ बर्षिय होमबहादुर बुढालाई कुटपिट गरि लुटेका छन् । खसि बोका र कुखरा खरिद गर्ने शिलशिलामा जेदवांग ६ बादचौर पुगेका बुढाबाट ४ जनाको समूहमा आएका युवाहरुले २ वटा भाले र ८० हजार जति रकम लुटेको पिडितको भनाई छ ।
जेदबाङ ६ का रामबहादुर वली सहित ४ जनाको टोलीले धम्क्याई हातपात गरि नीजबाट भाले र रकम लुटेका थिए । लिवांग, होलेरी, सुलिचौर र सुर्पालबाट एक दर्जन बढी प्रहरी टोली घटनास्थलमा खटेको डिएसपि ओम बहादुर राना मगरले बताए ।
देविका घर्ती मगर
रोल्पामा दिउँसै लुटपाट भो
Read Time:1 Minute, 10 Second
