कमलहरीले आफ्नो कथा आफै लेख्नेभए

Read Time:3 Minute, 30 Second

दाङ, असोज १९
 मुक्त कमलहरीका लागि पहिलोपटक पत्रकारिता तालिम शुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघको सहयोगमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० जिल्ला शाखा दाङले दाङका मुक्त कमलहरीहरुका लागि ३ दिने आधारभुत पत्रकारिता तालिम’ को शुरुवात गरेको हो ।

     तालिमको आज शनिवार घोराहीमा एक कार्यक्रमका बिच औपचारिक रुपमा उद्घाटन गरिएको छ । फोनिज दाङका अध्यक्ष देविका घर्ती मगरको अध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघका सचिव यशोदा चौधरीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । महासंघका कानूनी सल्लाहकार रामजी कोङ्रेनको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले आदिवासी जनजातिहरु जुन दलमा आबद्ध भएपनि सबैले आफु आबद्ध दलमार्फत आदिवासी जनजातिका मुद्दाहरु उठाउनुपर्ने बताएका थिए । चुनावमा भाग लिने दलहरुले बिधि प्रक्रियाअनुसार भाग लिनुपर्ने उनिहरुको भनाई थियो । मुक्त कमलहरी आदिवासी समुदायभित्रकै वर्ग भएका कारण उनिहरुको विकासका निमित्त सबैले ध्यान दिनुपर्ने बक्ताहरुले बताए ।

 आदिवासी जनजातिका मुद्दा र समस्यालाई अगाडी बढाउनका निमित्त पत्रकारिताको भुमिका महत्वपुर्ण हुने बताउँदै उनिहरुले मुक्त कमलहरीहरु पनि पत्रकारिता क्षेत्रमा आएर अगाडी बढ्न सके निकै राम्रो हुने बताएका थिए । फोनिज दाङका उपाध्यक्ष प्रकाश चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको तालिम उद्घाटन कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ दाङका अध्यक्ष तिलबहादु पुनमगर, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक रामप्रसाद घर्तीमगर, आदिवासी जनजाति महिला महासंघ दाङका सदस्य सावित्रा रानामगर, थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहित, मुक्त कमलहरी विकास मञ्चका कार्यक्रम प्रबन्धक फकला थारु, रेडियो मध्यपश्चिमका समाचार संयोजक निमुसँगम घर्ती, प्रशिक्षक दुर्गालाल केसी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेकाथिए ।

 मुक्त कमलहरी विकास मञ्चको संयोजनमा भएको कार्यक्रममा मञ्चका संस्थापक तथा निवर्तमान अध्यक्ष मञ्जिता चौधरीले धन्यवाद दिएकाथिए । कार्यक्रमको सहजिकरण फोनिज दाङका सचिव शिव घर्तीमगरले गरेकाथिए । ३ दिनसम्म सञ्चालन हुने तालिमको प्रशिक्षकमा जेएन सागर, दुर्गालाल केसी र देविका घर्तीमगर रहेकाछन । तालिममा जिल्लाका १५ जना मुक्त कमलहरीहरुको सहभागिता रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %