जनजातिहरुलाई निजामती क्षेत्रमा बढिसेबढी प्रवेश गराउन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले तिनका लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नेपालको प्रशासनिक क्षेत्रमा आदिवासी जनजातिको उपस्थिती अत्यन्तै न्यून रहेको अवस्थामा प्रतिष्ठानले विगत केही वर्ष यता निःशुल्क तयारी कक्षा सञ्चालन गर्दै आईरहेको छ । आर्थिक वर्ष २०७०र७१ का लागि प्रतिष्ठानले प्रशासन तर्फ शाखा अधिकृत र नायब सुब्बाका लागि दर्खास्त आब्हान गर्दै ईच्छुक उम्मेद्वारले यहि कात्तिक ६ गतेभित्र आवेदन दिन आब्हान गरेकोछ ।
ईच्छुक उम्मेद्वार पुरुषतर्फ ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेका उम्मेद्वारले आवेदन दिनसक्ने प्रतिष्ठानका सूचना अधिकृत राम मादेनले बताए । आवेदन दिने उम्मेद्वारहरुले निवेदनको साथमा नागरिकताको फोटोकपी र जनजातिको सिफारिस पत्रको फोटोकपी अनिवार्य रुपमा पेश गर्नुपर्ने अधिकृत मादेनले बताए । प्रतिष्ठानले उम्मेद्वारहरुको छनौट भने परिक्षा प्रणालीबाट गर्ने भएको छ । ना.सु. र शाखा अधिकृत तयारी कक्षाको उम्मेद्वार छनौट गर्न क्रमशः मिति २०७० कार्तिक ९ गते शनिबार प्रतिष्ठानले तोकेको स्थानमा विहान ११ः०० वजेदेखि लिखित परिक्षा ९दुबै तहको निम्ति० हुने जनाएको छ ।
प्रतिष्ठानले सञ्चालन गर्दै आएको लोक सेवा तयारी कक्षाकै कारण आदिवासी जनजातिहरुमा प्रशासनिक क्षेत्रतर्फ आकर्षण बढ्न थालेको आदिवासी जनजाति युवाहरु बताउछन् । विस्तृत जानकारीका लागि २०७०(६(१८ गतेको गोरखापत्र हेर्न सकिने पनि प्रतिष्ठानले जनाएको छ ।
थप जानकारीका लागि: नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान,जावलाखेल,ललितपुर www.nfdin.gov.np फोन नं. ५५५३१७५ र फ्याक्स नं ५५५३१४८ मा सम्पर्क गर्न सकिनेछ ।
आनन्द गुरुङ
