टिकट नपाएपछि धनकुटा काग्रेंसमा बवाल

Read Time:2 Minute, 9 Second

पार्टीले टिकट नदिएपछि स्वतन्त्र भई बागी उम्मेदवारका समर्थकले धनकुटामा काग्रेंसका आधिकारिक उम्मेदवारलाई गाउँमा बहिस्कार गर्ने चेतावनी दिएकाछन् । कांग्रेसका असन्तुष्ट पक्षले आज बिहान सदरमुकाममा पत्रकार सम्मेलन गरि आधिकारिक उम्मेदवारलाई बहिस्कार गर्ने र आवश्यक परे गाउँमा प्रवेश गर्न नदिने चेतावनी दिएका हुन् ।

असन्तुष्ट समुहको नेतृत्व गरिरहेका काग्रेस धनकुटाका पुर्व सभापति हरिकुमार राईले गाउँ , क्षेत्र र जिल्लावाट सिफारिस भएका लोकप्रिय उम्मेदवारलाई हटाएर क्षेत्रवाट सिफारिस नै नभएकालाई उम्मेदवार बनाएको र प्रतिबद्ध कार्यकर्तालाई अपमानित गर्ने कार्य भएकोले आधिकारिक उम्मेदवारलाई गाउमा प्रतिकार गरिने बताए । काग्रेसको स्थानीय सिफारिसको आधारमा संसदिय समितिले सुरुमा क्षेत्र नम्बर १ वाट कमोट फागो र २ वाट अजितनारायण सिंह थापाको नाम निर्णय गरेको थियो ।

तर अन्तिम अबस्थामा आएर क्षेत्र नं. १ वाट अजितनारायण सिंह थापा र २ वाट आनन्दसन्तोषी राईको नाममा आधिकारिक टिकट दिएको थियो । क्षेत्र नम्बर १ वाट सिफारिसमै नपरेका थापालाई टिकट दिएपछि  हिजो स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । असन्तुष्ट समुहको तर्फवाट क्षेत्र नम्बर १ वाट महासमिती सदस्य कमोट फागो र २ वाट महासमिति सदस्य अन्जना ताम्लीले बागी उम्मेदवारी दिएका छन् ।

भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %