तालाबन्दी बारे वीपी प्रतिष्ठानले स्पष्टीकरण सोध्यो

Read Time:3 Minute, 51 Second

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्जरी विभाग प्रमुख डा. सिएस अग्रवालको कार्यकक्षमा तालाबन्दी गर्ने कर्मचारी कल्याण समाजलाई स्पष्टिकरण सोधेको छ । उपचार गराउन आएका विरामीलाई डा. अग्रवालले परीक्षण गर्न निजी क्लिनिक तथा ल्याबमा पठाएको भेटेपनि कर्मचारी कल्याण समाजले उनको कार्यकक्षमा तालाबन्दी गरेको थियो । तालाबन्दीपछि प्रतिष्ठानका शिक्षक चिकित्सकहरुले ताला लगाउनेलाई कारबाही नगरे सामुहिक राजिनामा दिने चेतावनी दिएपछि अस्पताल प्रशासनले विहिबार २४ घण्टाभित्र जवाफ पठाउन भन्दै समाजलाई स्पष्टिकरण पत्र पठाएको छ ।
प्रतिष्ठानको आचारसंहिता विपरीत र अधिकार क्षेत्र नाघेर समाजले ताला लगाएको भन्दै शिक्षक कल्याण समाज र जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले विरोध जनाउदै कारबाहीको माग गरेका थिए । ‘आचारसंहिता विपरीत अस्पतालमा ताला लगाउनेलाई कारबाही हुनुपर्छ भनेका थियौं, प्रशासनले स्पष्टीकरण सोधेर प्रक्रिया अघि बढाएकोले तत्काल राजिनामा दिनबाट रोकियौं’–शिक्षक कल्याण समाजका महासचिव निमेष पौडेलले भने–‘हामीले गलत व्यक्तिलाई जोगाउन भने खोजेका होइनौं, अस्पतालमा भएको तालाबन्दीको विरोध मात्रै गरेका हौं, डा.अग्रवाल दोषी भएपनि कारबाही व्यावस्थापनले गर्ने हो, कर्मचारी संगठनले होइन ।’ चिकित्सक तथा शिक्षकको मागको बिषयमा शिक्षक कल्याण समाज र उपकुलपति वीपी दास, अस्पताल निर्देशक अरबिन्द सिन्हा बीच दुई चरणमा वार्ता भएको थियो । कर्मचारी समाजलाई स्पष्टीकरण सोधेको बिषयमा सम्पर्क गर्दा अस्पताल निर्देशक सिन्हाले भने कुरा गर्न चाहेनन् । समाजकी महासचिव वेदुका पुलामीले प्रशासनले स्पष्टीकरण पत्र पठाएको सुनेपनि हात नलागेको बताइन् ।
 ‘प्रतिष्ठानलाई डुबाउने गरि नियमविपरीत काम गर्नेलाई कारबाही गर्नुपर्नेमा दोषीलाई बचाउ गर्दै उल्टै हामीमाथि एक्सन लिने काम भयो, हामी यसको डटेर सामना गछौं’–उनले भनिन्–‘यस बिषयमा चाडै वैठक बसेर ठोस निर्णय गछौं ।’ समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङले भने स्पष्टिकरण नभई तालाबन्दी बारे जानकारी गराउन प्रसासनले पत्र पठाएको बताए ।
कर्मचारी कल्याण समाजले दुई पटक अनुगमन गर्दा डा.अग्रवालले विरामीहरुलाई जाच गर्न बाहिरका क्लिनिक एवं जाँच केन्द्रमा पठाएको भेटिएपछि असोज १५ गतेभित्र कारबाही गर्न अस्पताल प्रशासनलाई अल्टिमेटम दिएको थियो । उक्त समयसिमाभित्र कारबाही नभएपछि समाजले बुधबार डा.अग्रवालको कार्यकक्ष र उनले पेइङमा जाँच गर्ने कोठामा ताला लगाउदै प्रवेश निषेधको घोषणा गरेको थियो ।
भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %