मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषदले गरेको बन्दको कारण अरुण पुर्ब नौ जिल्लाको जनजीवन प्रभावित रहयो । मसिर ४ गते हुने निर्वाचनको बिरोधमा रहेको परिषदले आज हुने उमेद्धवार मनोनयनको बिषयमा असन्तुष्टि जनाउदै बन्द आव्हान गरेको हो । बन्दको कारण पुर्वको नौ जिल्लामा सवारीका साधन चलेनन । पुर्वको ताप्लेजुङ, पाचथर, ईलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लामा वन्दको प्रभाव परेको छ । वन्दको कारण दशैका लागि घर हिडने वटुवाहरुलाई समस्या भएको छ । मंसिर ४ गते हुने निर्वाचनको लागि उमेद्धवार मनोनयनको लक्षित गरी गरिएको वन्द भएकोले विभिन्न ठाउमा वाक्लो सुरक्षाकर्मी परिचालन गरिएकोथियो ।

बिराटनगर तर्फ जाने सवारीका साधान भने फाट्टफुट्ट चलेको पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बन्दका कारण झापामा समेत प्रभाव परेको छ । झापाको दमक बिर्तामोड लगायतका क्षेत्रमा समेत सवारीका साधन चल्न सकेका छैनन् ।
भैरब आङ्ला, धरान
