जनमुक्तिका तनहू उम्मेदवार यी हुन्

Read Time:2 Minute, 59 Second

         राष्ट्रिय जनमुक्ति पार्टी तनहूँको बिस्तारित बैठक मंगलबार पार्टी कार्यालय दमौलीमा समपन्न भयो । पार्टीका केन्द्रिय बरिष्ठ उपाध्यक्ष शिव लाल थापा तथा अर्का बरिष्ठ नेता दयानन्दा थापा (डि. एन.) को  उपस्थितिमा बसेको सो बैठकले संबिधान सभा भाग दुई २०७० को  लागि  टिकट पाएका तनहूँको तीनै क्षेत्रका उम्मेदारहरुका नाम औपचारिक घोषणा गरेका थिए । क्षेत्र नंं. १ मा संघिय पषिद सदस्य हस्तबहादुर थापा मगर, क्षेत्र नंं. २मा पार्टी जिल्ला अध्यक्ष मन्ध्ररी आले मगरले टिकट पाएका छन र क्षेत्र नंं. ३ बाट  केन्द्रिय बरिष्ठ नेता दया नन्दा थापा (डि. एन.)ले चुनाव  भएका छन । टिकट पाएका  तीनै जना उम्मेदार तनहूँको राजनितिकवृत्तमा  शिखर चुम्दै गरेका उदयमान ब्यक्तित्व हुन  ।


     क्षेत्र नंं. ३ का उम्मेदार  दयानन्द थापा (डि. एन.) तत्कालिन नागरिक उद्ययन मन्त्री नारायण सिं पुन सम्बद्घ पार्टी  समता पार्टी नेपालका कार्यबाहक अध्यक्ष थिए ।  हालै मात्र त्यो पार्टी राष्ट्रिय जनमुक्ति पार्टीमा एकिकृत भएको हो  । क्षेत्र नंं.१का उम्मेदार संघिय परिषद सदस्य हस्तबहादुर थापा मगर, स्थानीय जनता माझ लोकप्रियता कमाई सकेका नेता हुन । क्षेत्र नंं. २ बाट चुनाव लड्ने अर्का उम्मेदार मन्ध्ररी आले मगर तनहूँ राजनितिक क्षेत्रमा  पपुलररीटीको शिखर चुम्दै आएकी एक मात्र कुशल महिला नेतृ मानिन्छ । बिभिन्न सामाजिक क्षेत्रमा हात हाली नेतृत्वदायी भुमिका निर्बाह गरि सकेकी जिल्ला अध्यक्ष आले मगर, हाल नेपाल मगर महिला संघ केन्द्रिय भाषिक उपाध्यक्ष समेत हुन् ।
  तनहूँमा जनमुक्ति पार्टीलाई बिजय गराउन  के कस्तो रणनिति आपनाउने भन्ने बिषयमा छलफल गर्न बसेको उक्त बैठकले  संबिधान सभा भाग दुई २०७० लाई मध्य नजर गरि  जिल्ला तथा क्षेत्रिय स्तरमा निर्बाचन परिचलन समिति, आर्थिक समिति गठन भएका छन । निर्बाचन बुथ र उम्मेदारको सुरक्षाको लागि युवा दस्ताहरु पनि गठन गरिने बताईएकोछ ।
                                         

 

   खडक आले मगर तनहूँ
   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %