किरायाको भवन बन्नै लाग्यो

Read Time:1 Minute, 57 Second

किरात राइ यायोक्खाले सुनसरीको इटहरीमा  निर्माण सुरु गरेको पुर्बकै सबैभन्दा ठुलो बहुउद्देश्यीय भवनको निर्माण कार्य  अन्तिम चरणमा पुगेकोे छ ।  इटहरीमा २०६६ सालमा निर्माण  सुरु गरि ७१ साल सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ २ करोड ३३ लाखको लागतमा २ तल्ले सो  भवन किरात राइको साकेला स्थलमा निर्माण भईरहेको हो  । तयारिप्ची बहुउद्देश्य भवन नाम दिइएको सो  भवन निर्माण गर्नका लागि हङकङ,युके लगायत ठाउँमा बस्ने नेपालीहरुले झण्डै १५ लाख बढि रकम सहयोग गरिसकेको र गर्ने क्रम जारी रहेको संस्थाले जनाएको छ । यस्तै इटहरीमै रहेका २० जना भन्दा बढि  राइ समुदायका ब्यक्तिहरुले  २ लाख भन्दा बढि रकम समेत सहयोग गरेका छन  ।
एक –एक रुपैया चन्दा सहयोग उठाएर  बनाइएको भवनले सबै समुदायका ब्यक्तिहरुलाइ फाइदा पुग्ने निर्माण समितिका अध्यक्ष कर्ण बहादुर राइले बताए । इटहरीकै गहनाका रुपमा इटहरीबासीले सो भवनलाइ हेरेका कारण राइ समुदाय बाहेक अन्य सबैजसो समुदायका ब्यक्तिहरुले पनि भवन निर्माणका रकम सहयोग गरेको बताइएको छ । पुर्बका सम्पुर्ण राइ जातिहरुलाइ एकै ठाउँमा गोलबद्ध गराई जातिय भेषभुषासहित सबै प्रकारका रहनसहनलाई जगेर्ना गर्नका लागि बहुउदेश्यीइ भवन बनाइएको निर्माण समितिका कोषाध्यक्ष चिरहाङ राइले जानकारी दिए ।
भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %