चुनाव विथोल्न भनि बनाइएका कार्यक्रम यस्ताछन्

Read Time:2 Minute, 56 Second

‘चार दलीय सिण्डिकेटले चैत्र १ गते असंवैधानिक, अलोकतान्त्रिक, संघीय गणतन्त्र विरोधी, लिम्बुवान विरोधी, तथा राष्ट्रघाती प्रतिगमन गरेर बनाएको खिलराज सरकारले आन्दोलनरत मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद एवं ३३ दलीय मोर्चाको संविधानसम्मत मागहरुलाई बेवास्ता गर्दै मङ्सिर ४ को कथित चुनाब गर्न लगीरहेको’ भन्दै सोको सशक्त विरोध र वहिष्कार गर्ने लिम्बुवानी दल मध्येको एकले सार्वजनिक गरेकोछ ।

लिम्बुवानद्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार आन्दोलनरत ३३ दलीय मोर्चालाई  बाइपास गरिएको सो कथित चुनावले नेपाली जनताबीच ठुलो विभाजन ल्याउने भएकोले चुनावलाई सक्रिय विरोध र वहिष्कार गर्न मञ्च सम्बद्ध लिम्बुवानले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो  ।
लिम्बुवानले ३३ दलको आन्दोलनसंगै घोषणा गरेको कथित चुनावको सशक्त विरोध र बहिष्कारका आन्दोलन निम्नानुसार छन् ः
१। असोज १७ गते चुनावको प्रत्यक्षतर्फको उम्मेद्वारी दर्ता गर्ने दिन, सो कार्यको बिरोध र बहिष्कार गर्न उक्त दिन अरुणपूर्व ९ जिल्ला लिम्बुवानको सबै सडक बन्द गरिने र सडकमा यातायातका सबै साधनहरु अपरान्ह ४ बजेसम्म बन्दको आह्वान । साथै, जिल्ला निर्वाचन आयोगको कार्यालयमा कालो झण्डासहित धर्ना र बिरोध गरिने ।
२। कार्तिक ७ गते मोरङको उर्लाबारीदेखि झापाको दमकसम्म १० हजार लिम्बुवान भोलेन्टियर्सहरूको एलभी प्रदर्शन-मार्चपास  गरिने ।
३। कार्तिक ११ गते लिम्बुवान – जिल्लामा आम हडताल ।
मञ्च सम्बद्ध सलिराप र ३३ दलीय मोर्चाको संयुक्त आन्दोलन
४। कार्तिक २ गतेदेखि राष्ट्रघाती उम्मेद्वारहरुलाई गाउँ क्षेत्र प्रवेश निषेध गर्ने ।
५। चार दलका राष्ट्रघाती शीर्ष नेताहरु जहाँ पुग्छन् , त्यहाँ उक्त दिन जिल्ला बन्द गर्ने
६। कार्तिक २५ गतेदेखि मङ्सिर ५ गतेसम्म १० दिन नेपाल बन्द गर्ने

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %