“जातीय पहीचान र आत्मनिर्णय सहितको सम्बृद्ध मगरात स्थापनार्थ हाम्रो आन्दोलन नयां सम्बीधानमा बैज्ञानीक ब्यबहारीक संघीय शिक्षा प्रणाली र राष्ट्रीयताको पक्षमा आठौ राष्ट्रीय महाधीबेशन” भन्ने मुल नारा सहित नेपाल मगर बिधार्थी संघ केन्द्रीय समितिको छैठौ पुर्ण बैठक बिभिन्न निर्णय गर्दे सम्मन्न भएको छ । नेपाल मगर बिद्याथी संघको आसन्न माघ १६ ,१७, र १८ गते पोखरामा हुन गईरहेको आठौ केन्द्रीय महाधीबेशनलाई भब्य र सभ्य बनाउनका लागी मुल आयोजक समीतीमा केन्द्रीय अध्यक्ष रेनुका काउचाको संयोजकत्व तथा ब्यबस्थापन समीतीको संयोजकमा कास्कीका गोबिन्द पुनलाई जिम्मेवारी दिएको छ ।
उद्घाटन सत्रमा प्रमुख पाहुना नेपाल मगर संघका केन्द्रीय महासचिव नबीन रोका मगरले आफ्ना भनाइ राख्ने क्रममा मगर बिद्यार्थी जुनसुकै आस्थामा बाँधिएको भएतापनी मगर र आदिवासी जनजातीको शाझा सवालमा गोलबन्द हुनुपर्ने र ईतिहहासबाट आजसम्म मगरले राष्ट्रका नाममा त्याग बलीदान गरेको तर नीति निर्माण तहमा स्थान दिन नचाहेका कारण अब मगरले त्यसको हिसाब माग्ने र बिगतको संविधानसभा आदिवासी जनजातीलाई अधिकार दिनपर्ने भएकोले जानाजान अबशान गराएको बताए ।
सोही अवसरमा केन्द्रीय सदस्य तथा लुिम्बनी इन्चार्ज मिना थापा मगर, आदिवासी जनजाती महांसघका पुर्ब जिल्ला अध्यक्ष होम ब गलामी नेपाल मगर सघका रुपन्देहीका पुर्ब अध्यक्ष यम ब थापा, जिल्ला सदस्य क्या जनक थापा मगर, मगर बिधार्थी संघका पुर्ब के स मिलन थापा मगर, फोनीज रुपन्देहीका अध्यक्ष मिलन गाहा, माया गलामी , खेम थापा, किशन थापा मगर लगायतले मगर बिधार्थी राजनीतीक हिसाबबाट ध्रुवीकरण हुननहुने र बैठकको सफलता र आगामी महाधिवेशनले सफल नेतृत्व चयन गर्नुपर्ने बताए। कार्यक्रम बरीष्ठ उपाध्यक्ष दिपु श्रीष मगरको स्वागत तथा महासचिव बलबीर बुढा मगरको सञ्चालन र संघका केन्द्रीय अध्यक्ष रेनुका काउचा मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।
आनन्द गुरुङ
मगर विद्यार्थी संघको छैठौ पुर्ण बैठक सकियो
Read Time:3 Minute, 1 Second
