सहप्राध्यापकको गोली हानी हत्या

Read Time:1 Minute, 7 Second

जनक हजारी विद्यापीठ र धनुषा साइन्स क्याम्पसका ५० वर्षीय सहप्राध्यापक सत्यनारायण गडेरीको गोली हानी हत्या भएको छ । सिराहा अर्नमाका स्थायी बासिन्दा उनी अध्यापन पेशाका लागि जनकपुर बस्दै आएका थिए । घटनाको अनुसन्धान गरिरहेका प्रहरीका अनुसार दायाँतिरको छातीको तल्लो भागमा गोली प्रहार भएको पाइएको छ । घाँटीमा धारिलो हतियार प्रहार भएको डाम देखिएको धनुषा जिल्ला प्रहरीका अपराध अनुसन्धान इञ्चार्ज प्रहरी निरीक्षक हरिनन्दन चौधरीले बताए । शुक्रवार बिहान धनुषा जिल्लाको कुर्था ६ मा मृत अवस्थामा गडेरीको शव भेटिएको थियो । धनुषा साइन्स क्याम्पस र जनक हजारी विद्यापीठमा गडेरी नेपाली विषयको सहप्राध्यापक हुन ।

भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %