नेपाल विस्तारै बालबालिका र वृद्धवृद्धाको मुलुक बन्दैछ । जोश र जाँगरले भरिएका युवाहरु अवसर र सम्भावनाको खोजिमा विदेशिएपछि गाउँघर र सहर युवाविहीन बन्दैछ । गाउँघरमा अहिले मर्दापर्दासमेत समस्या पर्ने गरेको छ । तर, भक्तपुरमा रहेका युवाहरुले भने सामाजिक कुरिति र कुसंस्कारविरुद्ध लड्न र युवाहरुलाई एकजुट पारेर भक्तपुर खेलकुद पर्यटन विकास गर्न फन रन कार्यक्रम गरेका छन् । कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिताले देशमा ठोस नीति, योजना र अवसर उपलव्ध गराउन सक्ने हो भने युवा शक्ति स्वदेशमै रहने वातावरण बन्ने स्पष्ट भएको छ ।
भक्तपुरमा धेरै क्लवहरु खुलेका छन् । धेरै नाफामुखी छन् । निश्चित सीमा र वर्गमा सीमित छन् । तर, भर्खर मात्र स्थापना भएको सुकुलढोका स्पोटर््स क्लवले आफ्नो पहिलो उद्देश्य नै सेवा भएको भन्दै भक्तपुरका युवा, बृद्ध, सबै समावेश हुने गरी भक्तपुरमा फन रन कार्यक्रम गर्यो । जसमा भक्तपुरका आम नागरिकले सहभागिता जनाए । उनीहरुले युवाहरु जाँडरक्सी र विभिन्न कुलतमा फसिरहेका बेला भक्तपुरका युवाहरुको यो उत्साहले युवा पुस्ता पनि समाजप्रति उत्तिकै उत्तरदायी छ भन्ने पुष्टि गरेको छ । भक्तपुरमा पहिलो पटक गरिएको फन रन निकै उत्साहजनक भएको बताए सुकुल ढोका स्पोर्ट क्लवका अध्यक्ष राजेश श्रेष्ठले । उनले क्लवले समाजमा रहेका विभिन्न समस्याबाट युवा पुस्तालाई जोगाउ“दै युवाहरुलाई समाजप्रति उत्तरदायी बनाउने बताए ।

आफूहरुले भक्तपुरमै पहिलो पटक ५ किमीको फन रन कार्यक्रमको गरेकाले नगरको सुकुलढोका, वंशगोपाल, भक्तपुर क्याम्पस, दरवार स्क्वयार,सानो ब्यासी हुँदै कमलविनायक च्याम्हासिंह, दत्तात्रय र सुकुलढोका, साकोठाबाट दरवार स्क्वायरमा पुगेर सभामा परिणत भएको थियो । प्रतियोगितामा पुरुषतर्फ हरिराम नेपाल प्रथम, विकास राई द्वितीय र नविन अधिकारी तृतीय र महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम, रविना सिन्तकला द्वितीय र अस्मिता श्रेष्ठ तृतीय भएका थिए । प्रतियोगितामा खेलाडी, प्रशिक्षक, विद्यार्थी, गृहिणी, पर्यटक लगायत करिव ४ सय बढीको सहभागिता रहेको क्लवका अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगितामा विजयी हुने खेलाडीहरुलाई नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले पुरस्कार वितरण गरेकाथिए । पुरस्कार वितरण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष विजुक्छेंले खेलाडी देशको खम्बा मात्रै नभएर कुटनीतिक सम्बन्ध विस्तारका साथै देशको गहना भएको उल्लेख गर्दै सरकारको ध्यान खेल क्षेत्रतर्फ जान नसक्दा खेल क्षेत्रको विकास हुन नसकेको बताए । समाजमा युवा शक्ति कुलतमा फसिरहेको र विदेश पलायन भइरहेका बेला गरिएको कार्यक्रमले युवाहरुमा नयाँ उत्साह सञ्चार गराएको छ । यस्तो सकारात्मक सोच फैलाउने कार्यक्रमलाई थप प्रोत्साहित गर्न सके युवा पुस्ता देशमै अवसर र सम्भावनाको खोजीमा प्रेरित हुने अपेक्षा गरिएको छ।
आनन्द गुरुङ
