एमाले अखिलमा मल्लले मारे बाजी

Read Time:1 Minute, 36 Second

एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु २१औ“ राष्ट्रिय महाधिवेशनको नया कार्यसमितिको अध्यक्षमा किशोरविक्रम मल्ल र महासचिवमा नवीना लामा विजयी भए ।
एमाले पार्टी कार्यालयमा भएको मतगणनामा उपाध्यक्षमा ऐन महर, दीपक गौतम र थोमस बास्तोला विजयी भए भने सचिवमा अब्दुल हुसेन खान, राधिका खतिवडा, भक्तकुमारी लामा, सरोज यादव र महेश बर्तौला विजयी भएकाछन । कोषाध्यक्षमा रश्मी आचार्य तथा अनेरास्ववियु अनुशासन आयोगमा मेनका पछाई र लेखा आयोगमा नीलकण्ठ उप्रती विजयी भए ।
सचिवालय सदस्यमा सुनीता बराल र केन्द्रीय सदस्यमा अच्युत लोहनी सर्वसम्मत विजयी भए । अनेरास्ववियुको विधानअनुसार अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, सचिव पा“च र कोषाध्यक्षसहित १ सय ३५ नया“ कार्यसमिति चयन हुनेछ । अनेरास्ववियुको यही असोज ३ गतेदेखि ५ गतेसम्म सम्पन्न हुने भनिए पनि उम्मेदवारलगायतका आन्तरिक विवादका कारण ढिलाई भएको महाधिवेशनका संयोजक माधव ढुङ्गेलले जानकारी दिए । महाधिवेशनमा देशभरबाट १५०० प्रतिनिधिमा १४४५ मत खसेको थियो ।
आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %