खिलराजलाई अमेरीकामा जनजातिको कालो झण्डासंगै स्वागत पनि !

Read Time:6 Minute, 5 Second

अमेरीकामा रहेका बुद्धमार्गी तथा आदिवासी जनजातिहरुले बुद्धको मुति प्रतिस्थापन गर्न नदिने सरकारको बिरोध गर्ने भएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरीका जान लागेका अन्तरीम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई अमेरीकामा बसोबास गर्ने नेपाली तथा अमेरीकामा रहेको बौद्धमार्गीहरुले प्लेकार्ड र कालो झण्डा सहित बिरोध गर्ने भएका छन् ।
काँक्रेबिहारमा बुद्ध मुर्ति प्रतिस्थापन गर्न नदिइएपछि आन्दोलनमा उत्रिएका बौद्धमार्गीहरुको संयुक्त संस्था सुर्खेत काँक्रेविहार बुद्धमुर्ति प्रतिस्थापना संयुक्त सरोकार समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर न्यूयोर्कमा समेत अध्यक्ष रेग्मीलाई कालोझण्डा देखाउने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेकाछन् ।
समितिले काँक्रेबिहारमा बुद्ध मुर्ति प्रतिस्थापन गर्न माग गर्दै चौथो चरणको आन्दोलका कार्यक्रमहरु समेत घोषणा गरेको छ । राष्ट्रिय विभूति गौतम वुद्ध लगायत विभिन्न धार्मिर्क समुदाय माथि गरेको विभेदको विरुद्धमा क्षेत्रिय विरोधसभा गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेकाछन् । बुद्धमुर्ति प्रतिस्थापनको माग गर्दै सिंहदरबार घेराउ गर्न सम्म पुगेका बौद्धमार्गी तथा आदिवासी जनजातिहरुले बुद्ध मुर्ति प्रतिस्थापनको माग गर्दै मन्त्रीपरिषद अध्यक्षलाई न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको भवन प्रवेशद्धारमा प्लेकार्ड र कालो झण्डा प्रदर्शन गर्ने सम्मका आन्दोलनको कार्यक्रम सार्वजनिक गरेकाछन ।
पत्रकार सम्मेलनमा जारी प्रेस बिज्ञप्तीमा सुर्खेत, काँक्रेबिहार परिसरमा राख्न खोजिएको बुद्धको मूतिर्लाई सोही स्थानमा प्रतिस्थापना गर्नुपर्ने, बुद्ध जयन्तीको अवसरमा सुर्खेतमा बौद्धमार्गीहरूको झाँकी र्याली माथि प्रहरी प्रशासनले गरेको कुटपिट र दुव्र्यवहार प्रति स्थानीय प्रशासनबाट स्थानीय बौद्धमार्गीहरू समक्ष सार्वजनिक रूपमा माफी माग्नु पर्ने मॉग राखिएको छ ।
त्यस्तै आगामी दिनमा मुलुकको कुनै पनि भूभागमा रहेको बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र गुम्बा, विहार, बही, बहाल, चैत्य, मुर्ति र्आदि आस्थाको केन्द्र वा स्थानहरूमा बौद्धमार्गीहरूमाथि यस्ता दुव्र्यवहार गर्न नपाइने समेत माग गरिएको छ ।


वुद्ध जयन्तीको अवसरमा सुर्खेतको काक्रेबिहारमा बुद्धको मुर्ति प्रतिस्थापन गर्ने तयारीमा रहेको बौद्धमार्गीहरुलाई प्रहरीले मुर्ति स्थापना गर्न नदिए पछि सुरु भएको बुद्धको नाममा बिवाद अब विश्वब्यापी हुने भएको हो ।
अन्तरीम मन्त्री परिषद् अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्रसंघको ६८ औं महासभामा भाग लिन बिहिबार न्यूर्यक जाँदैछन । अध्यक्ष रेग्मीले असोज १२ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।  
आनन्द गुरुङ

 ……..

  तर अमेरिकाका जनजाति लगायतका संस्थाले भने खिलराजको स्वागतमा यस्तो कार्यकमको घोषणा गरेकोछ –

 

बिषय: मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसंग अन्तरक्रिया कार्यक्रमको निमन्त्रणा

 

सम्पूर्ण नेपाली बन्धुहरु: 

यहीमितिसेप्टेम्बर२८, २०१३शनिवार नेपालका वर्तमान मन्त्रिपरिषदका अध्यक्ष खिलराजरेग्मीसंग “संविधानसभाकोदोस्रोचुनाव: औचित्यर चुनौति;निर्वाचनसरकारकोभूमिका र दायित्व” बिषयक अन्तरक्रिया कार्यक्रम हुन गैरहेको हुँदा सम्पूर्ण मानुभावहरुलाई जानकारी साथै उपस्थितीको लागी हार्दिक निमन्त्रणा गर्दछौ।

कार्यक्रम: अन्तरक्रिया 

विषय: “संविधानसभाको दोस्रो चुनाव: औचित्यर चुनौति; निर्वाचन सरकारको भूमिका र दायित्व”

समय: बेलुकी६–८सम्म          

स्थान: चियान फेडेरेसन

    44-01 Broadway Astoria NY 11103

मिति: सेप्टेम्बर२८, २०१३शनिबार

 

आयोजकहरु:

१)संयोजक: नेपाल आदीवासी जनजाती महासंघ अमेरिका

२)सह-संयोजक: एसोसिएशन अफ नेपाली तराई अमेरिका

३) आयोजक: अधिकार

४)आयोजक: हिमालयन बुद्धिस्ट कमिन्युटी

५)आयोजक: नेपाल अमेरिका फ्रेण्डसिप सोसाइटी 

६)आयोजक: प्रवासी नेपालीमन्च

७) आयोजक: नेपाली जनसम्पर्क समिति

 

धन्यवाद – नोगेन रो

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %