माओवादीले सबै भाषामा चुनावी घोषणापत्र ल्याउने

Read Time:1 Minute, 27 Second

एकीकृत माओवादी अध्यक्ष प्रचण्डले पूर्ण पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान जारी गर्न पार्टी प्रतिबद्ध रहेको आश्वासन दिएकाछन् ।


नेपाल आदिवासी जनजाति महासंघको प्रतिनिधि मण्डलसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आदिवासी जनजाति यस मुलुकका भूमिपूत्र भएकोले उनीहरुलाई बाइपास गरेर कुनै पनि पार्टी वा दल अघि बढ्न नसक्ने बताए ।
उनले दोस्रो संविधानसभाको निर्वाचनका लागि पार्टीले सबै भाषामा पार्टीको घोषणापत्र लेख्ने तयारी गरिरहेको समेत जानकारी दिए । अध्यक्ष प्रचण्डलाई नेपाल आदिवासी जनजाति महासंघले आगामी संविधानसभामा न्यूनतम एक जाति एक प्रतिनिधि सुनिश्चित गर्नुपर्ने, बैशाख ८ गते सर्वोच्च अदालतलले ब्यवस्था गरे अनुसार ३७ प्रतिशत आदिवासी जनजाति सभासद संख्या हुनुपर्ने लगायतको ११ बुदे ज्ञापनपत्र बुझाएको छ ।
जनजाति महासंघले प्रचण्डपछि यस्तै  ज्ञापनपत्र अन्य दललाई पनि बुझाउने जनाएको छ ।

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %