नेपाल मगर संघ मकवानपुरको दशौँ बार्षिक साधारण सभाले पुनः दुधराज थापा मगरकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । २३ सदस्सीय समितिको उपाध्यक्षमा शंकर थापा मगर, सचिबमा होम राना मगर, कोषाध्यक्षमा हेमन्ती थापा मगर, सहसचिब मिना थापा मगरलगाएत रहेका छन् । कार्यक्रममा नेपाल मगर संघ मकवानपुरका आठजना पूर्ब अध्यक्षलाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल मगर संघ मकवानपुरका सहसचिब ज्ञानु थापा मगरले साँगठनिक प्रतिबेदन र कोषाध्यक्ष तीर्थबहादुर थापा मगरले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकाथिए ।
उदघाटन कार्यक्रम नेपाल मगर संघका पूर्वाञ्चल उपाध्यक्ष गंगाबहादुर थापा मगरको प्रमुख आतिथ्य तथा मकवानपुर अध्यक्ष दुधराज थापा मगरको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल मगर संघका संगठन सचिव ज्ञानेन्द्र पुनः मगर, केन्द्रिय सदस्य बिश्व आले मगर, पूर्ब केन्द्रिय सदस्य कुश थापा मगर, जिल्ला सल्लाहकारद्वय तुलाराम थापा मगर, शान्तध्वज राना मगर, नेपाल मगर युवा संघका केन्द्रिय अध्यक्ष अशोक सारु मगर, मगर बिद्यार्थी संघ केन्द्रिय संगठन सचिब दिनेश राना मगरलगाएतले बोलेकाथिए ।
मगर संघ मकवानपुरमा पुनः दुधराज
Read Time:1 Minute, 46 Second
