संघीय समाजवादीको पनि युवा फोर्स

Read Time:5 Minute, 35 Second

 असोज ६ , स्याङ्जा
 सङ्घिय समाजवादि पार्टी नेपालका महासचिव राजेन्द्र श्रेष्ठले प्रमुख दलका शिर्ष नेताहरु जनतालाई माछा माछा भ्यागुताको रुपमा छल्दै छारो हानीरहेको आरोप लगाए । स्याङ्जाको सभालाई सम्वोधन गर्दै सदिऔं देखि आदिवासी जनजाति दलित, मधेशी, मुस्लिम तथा महिलाहरुलाई पुच्छरको रुपमा खेलाउदै आईरहेकाले पिछडीएका वर्ग , जाति धर्म , सस्कृंतीको जगेर्ना र पहिचान रक्षाको लागि सङ्घिय समाजवादि पार्टीको जन्म भएको वताए ।

प्रतिक्रियावादिहरुले जातिय पार्टीको रुपमा गलत प्रचार गरेको भन्दै उनले भने  “हामी कसरी जातीय पार्टी  जवकी एमाओवादि , काङ्ग्रेस र एमालेमा हाल सम्म एकल जातिको नेतृत्व र प्रभुत्व छ, त्यो जातिय पार्टी भयो की भएन ? ” आफ्नो पार्टीमा सवेै जाति वर्ग समुदाय समेटेको दावि गर्दै श्रेष्ठले आजका जनताको आँखा उघारीसकेकाले अवको चुनावमा ती ठुला दलको हविगत प्रस्ट देखिने ठोकुवा गरे ।

 कार्यक्रमलाई सङ्घीय समाजवादि पार्टी केन्द्रिय सचिव तथा सङ्घिय महिला संघका केन्द्रिय अध्यक्ष मिना गुरुङ्, केन्द्रीय सचिव डिवी नेपाली,पार्टींका केन्द्रीय स्थाई कमिती सदस्य तथा तमुवान इन्र्चाज गणेशमान तमु , केन्द्रिय स्थाई कमिती सदस्य सुरेन्द्र थापा मगर , आदिवासी बुद्धिजीवि तथा समाजसेवि अधिवक्ता महेन्द्रमान व्यथित ,नेपाल मगर संघ स्याङ्जाका अध्यक्ष हेमन्त थापा मगर , अग्रगामि विद्यार्थी युनियनका केन्द्रिय सदस्य फरेन्द्र थापा मगर , ससपा तनँहु जिल्ला अध्यक्ष हरिसिङ् गुरुङ् लगाएतले सधैँ लड्यौ अरुको लागि अव लडौँ आफ्नै लागि भन्दै आफ्ना भनाई राखेकाथिए ।

 घोषणा सभाले दिलिप थापा मगरको अध्यक्षतामा ३० सदस्यीय सङ्घीय समाजवादि  पार्टी स्याङ्जा जिल्ला तदर्थ समिती घोषणा गरेको छ । समितीको वरिष्ठ उपाध्यक्षमा नीलम कुमार जी.टि. , उपाध्यक्षमा सीता थापा मगर , सु. लाल वहादुर गुरुङ् , मोहम्मद गफुर मिया , सचिवमा विनोद खवास मगर , सह-सचिव लक्ष्मण  गुरुङ् , कोषाध्यक्षमा क्या. डिल वहादुर थापा मगर रहेकाछन । सदस्यहरुमा नेत्र थापा मगर , विष्नु थापा मगर , विष्नु कुमार श्रेष्ठ, विनोद रखाली मगर ,  मोहम्मद अलि , सु। तेज वहादुर थापा मगर , राजु गुरुङ् , केशव सापकोटा ,तुलसी रोका , हाजी अजरथ अली लगायत छन । घोषणा सभामै विनोद खवास मगरको अध्यक्षतामा ३० सदस्यीय सङ्घिय युवा संघ स्याङ्जाको घोषणा  समेत गरीएको थियो । अर्को तर्फ अग्रगामि विद्यार्थी युनियन स्याङ्जामा
 विनोद रखाली मगरको अध्यक्षतामा १९ सदस्यीय समिती घोषणा गरेको छ । सङ्घिय समाजवादी पार्टीकै पहिलो पटक फेडरल भोलेन्टीयर्स र्फोस स्याङ्जाको समेत हिजो घोषणा गरीएको छ । ३० सदस्यीय फेडरल भोलेन्टीयर्स र्फोस स्याङ्जाको अध्यक्षमा लक्ष्मण गुरुङ् छन । कार्यक्रमकै अवशरमा गौतम थापा मगरको सयोंजकत्वमा सङिघय युवा संघ वालिङ् नगर कमितीको ३० सदस्यीय समिती पनि घोषणा गरीएको छ ।

 कार्यक्रममा विश्वकै सवैभन्दा होचा व्यक्तिको रुपमा आफ्नो नाम गिनीज वुकमा लेखाउन सफल  खगेन्द्र थापा मगरलाई अभिनन्दन गरीएको थियो । होचा व्यक्ति खगेन्द्र थापा मगरको खुकुरी नृत्य , लोक गायक आयुस परीयारको प्रस्तुती साथै आयोजकद्धारा विच विचमा विविध साँस्कृतिक प्रस्तुति  गरीएको थियो । कार्यक्रम उद्धघाटन पूर्व प्रगति नगर देखि कार्यक्रम स्थल सम्म स्याङ्जा वजार परीक्रमा गरी र्याली निकालीएको थियो भने पूर्व सन्ध्यामा फेडरल भोलेन्टीयर्स फोर्सको मोटरसाइकल र्याली सम्पन्न भएको थियो ।
 निलम कुमार जि.टी.को स्वागत मन्तव्य सगैं सुरु भएको सभाको अध्यक्षता भेला आयोजक समितीका सयोंजक दिलिप थापा गरको अध्यक्षता र विनोद रखाली मगरको सन्चालनमा स्याङ्जाको वाल मन्दिरमा सम्पन्न भएको हो ।
 विनोद रखाली मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %