मामा भान्जा मिले– हिजो देखि हङकङमा एउटै एनआरएन

Read Time:2 Minute, 9 Second

गत १२ मे को चौथो अधिवेशनमा धाँधली भयो भन्दै संस्थापनसंग रिसाएर समानान्तर एनआरएन बनाएर हिंडेका अध्यक्ष दुर्गा गुरुङका भान्जा भारतीय सेनाका भूतपूर्व  कर्नेल मिनबहादुर गुरुङको समूह एनआरएन मुलधारमा आएर मिसिएकोछ । हिंजो साँझ कंगन रेस्टुरेन्टमा आयोजन गरिएको ‘समझदारी कार्यक्रम’ मा  दुबै अध्यक्षले हस्ताक्षर गरिएको बिज्ञप्ति साटासाट गरेर मिलेको घोषणा गरेकाथिए । मीनले  मामा–भान्जाबीच एकछिन समस्या आएपनि अन्ततः मिलेको बताएकाथिए । सो अवरसरमा दुर्गा पनि बोलेकाथिए।
एनआरएन एशिया–प्रशान्त क्षेत्रीय, अन्र्तराष्ट्रिय समन्वय समिति संयोजक यमकुमार गुरुङ, अन्र्तराष्ट्रिय समन्वय समिति सदस्यद्धय जेएन ज्ञवाली र कृष्ण पाण्डेको रोहबरमा उक्त मिलेमतो गराइएकोथियो । मीनको नेतृत्वमा असन्तुष्ट पक्षले चौथो अधिवेशन गराउने भन्दै चौथो अधिवेशन तयारी समिति समेत बनाएकोथियो ।
स्रोतको भनाईमा लामो प्रयास गर्दापनि नमिलेको दुई पक्षलाई आगामी अन्र्तराष्ट्रिय अध्यक्ष पदका प्रत्यासी उद्योगपति शेष घले आएर मिल्न बाध्य पारेकाथिए । त्यसपछि दुई पक्षबीच भएको ५ सेप्तेम्बरको बैठकमा मिल्ने सहमति भएकोथियो । यद्यपि कार्यक्रममा एनआरएन सचिव विनय शाहले दुई पक्षलाई मिलाउन भूमिका खेलेको भन्दै विद्रोहीका सहयोगी किसन राई, धरम गुरुङ र सन्तोष राई र संस्थापनका ढुण्डीराज ज्ञवाली, कोमल गुरुङ र स्वंय आफुलाई धन्यवाद दिएकाथिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %