यसपालिको इन्द्रजात्रा शुभ

Read Time:1 Minute, 27 Second

बर्षा र सहकालका देवता इन्द्रको  पुजाआजा गरी मनाइने काठमाण्डौ उपत्यकाको पूरानो पर्व इन्द्र जात्रा  शूरु भएको छ । काठमाण्डौको बसन्तपुरमा  मानन्धर समुदायले काभ्रेको नालाबाट ल्याइएको लिंगोबिधिपूर्बक  ठड्याएपछि जात्रा शुरु भएको मानिन्छ ।  लिंगो  ठड्याएपछि सत्यको जीतको प्रतिक स्वरुप इन्द्रध्वजा फहराउने चलन पनि रहेको छ । लिंगो ठड्याउनु अगाडी किलागलका ज्यापु समुदायले बिशेष तान्त्रिक देबी नाच प्रस्तुत गर्ने गर्दछन ।

 ८ दिनसम्म मनाइने यो जात्रामा  बिभिन्न प्रकारका नाचगान तथा रथयात्रा र देबी देवताको पूजा हुन्छ ।  लिगो उठाउदा सहजै उठेको र नढलेको कारण राष्ट्रलाइ शुभ हुने संकेत रहेको मानन्धर समुदायका सदस्यको भनाइ छ । जात्रा प्रत्येक बर्षको भाद्र  द्वादसी बाट शुरु हुने गर्छ । इन्द्र जात्राकै अवसरमा उपत्यकाको हनुमान ढोका लगायतका क्षेत्रमा जीवित देबीका रुपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ ।

जगन शर्मा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %