६०१ का लागि राष्ट्रपतिद्धारा बाधाअड्काउ फुकाउ

Read Time:1 Minute, 47 Second

राष्ट्रपति डाक्टर रामबरण यादबले अन्तरिम संविधान संसोधन बाधा अड्काउ फुकाउ अध्यादेश जारी गरेकाछन । मन्त्रिपरिषद्को मंगलबार सिंहदरबारमा बसेको बैठकले अन्तरिम संविधान संशोधनका लागि बाधाअड्काउ फुकाउ अध्यादेश सिफारिस गरेको थियो । अध्यादेशजारीसंगै अब संविधानसभा सदस्य संख्या चार सय ९१ बाट बढेर पुरानै अर्थात् ६ सय १ सदस्य कायम हुनपुगेको छ । गत चैत १ को बाधा अड्काउ फुकाऊ आदेशमा संविधानसभा सदस्य संख्या ४ सय ९१ मा सीमित गरिएको थियो ।

राष्ट्रपतिले संविधानको धारा १ सय ५८ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आदेश जारी गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्तीमार्फत जनाएको छ । अध्यादेश जारी भएसंगै चैत १,२०६९ मा प्रकाशित बाधा अड्काउ फुकाउन जारी भएको आदेशको धारा १० र ११ खारेज भएकोछ । धारा १० मा संविधानसभा समानुपातिकतर्फ दुई सय ४० सदस्य संख्या रहने तथा धारा ११ मा संविधानसभा प्रयोजनका लागि ११ जना मन्त्रिपरिषद्बाट मनोनयन गर्ने उल्लेख थियो । बाधाअड्काउ जारीसंगै आगामी संविधानसभाको समानुपातिकतर्फ ३ सय ३५ र मन्त्रिपरिषद्बाट २६ जना सदस्य मनोनयन हुनेछन् ।

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %