भारतीय प्रहरी नेपाल प्रहरीको नियन्त्रणमा

Read Time:1 Minute, 45 Second

 हतियारसहित आएको भारतीय प्रहरीले बर्दियाको गुलरियास्थित एक नेपालीको घरमा छापा मारेको छ । भारतको लखीनपुर खिरीका डिएसपीसहित १४ जनाको टोलीले स्थानीय मञ्जुलकुमार श्रेष्ठको घरमा नेपाल प्रहरीको समन्वयबिनै छापा मारेको हो । भारतीय प्रहरीका एक जवानको हत्यामा संलग्न रहेको अभियोगमा फरार मोना सरदार श्रेष्ठको घरमा लुकेको आशंकामा छापा मारिएको भारतीय प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले भारतीय टोली समन्वयबिनै नेपाल आएको बताए । यसैबीच नेपाल प्रहरीले बिनाजानकारी हतियारसहित आफ्नो भूमि प्रवेश गर्ने भारतीय प्रहरी टोलीलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखेर सोधपुछ गरिएको छ । प्रमुख जिल्ला अधिकारी मानबहादुर विकले अर्को देशको भूमिमा प्रवेश गर्दा पूर्वस्वीकृति लिनुपर्नेमा हतियार र युनिफर्मसहित नेपाली भूमिमा छापा मार्ने कार्यलाई गम्भीर रुपमा लिइएको बताए । हतियारसहितका भारतीय प्रहरीले नेपालीको घरमा छापा मारेपछि गुलरियाबासी आक्रोशित बनेका भएका छन् ।

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %