यात्रु युवती वलात्कृत

Read Time:1 Minute, 24 Second

खोटाङ्ग जिल्लाको छितापोखरी गाबिसकी एक युवती बसमा यात्राकै क्रममा बलात्कृत भएकीछिन् । उनलाई खोटाङ्ग जिल्लाकै याम्खा गाबिस का २२ बर्षीय यातायात मजदुर बिक्रम रोक्काले उदयपुरको खाँबु गाबिसको जंगलमा लगि दुई दिन अघि बलात्कार गरेका हुन । हिमाली यातायात ब्यबसायी संघ उदयपुरले संचालन गरेको गाईघाट फोक्सिङ्गटार सडकमा संचालन हुने यात्रुबसका सहचालक आरोपितले सोही बसबाट गाईघाटबाट खोटाङ्ग स्थित घरतर्फ जाँदै गरेकी युवतीलाई बिच बाटोमा पर्ने जंगलमा बलात्कार गरेको पीडित पक्षले बताएका छन् । बलात्कार पछि पीडित पक्षले आरोपित बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । प्रहरीले हिजो साँझ आरोपितलाई गिरफ्तार गरेको डिएसपी लोकेन्द्र श्रेष्ठले बताए । प्रहरीले पीडितको हिजो नै जिल्ला अस्पताल गाईघाटमा स्वास्थ्य परिक्षण गराएको छ ।

भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %