पाँचथरमा नेकपा एमालेको भातृ संगठन युवासंघले पार्टीकै अर्को भातृ संस्था अनेरास्ववियुका कार्यकर्तामा माथि कुटपीट गरेका छन । हिजो साँझ युवा संघका केन्द्रिय सदस्य नरबहादुर गुरुङको नेतृत्वमा रहेको समूहको आक्रमणमा परी अखिलका केन्द्रिय सदस्य दिनेश श्रेष्ठ, जिल्ला कमिटि अध्यक्ष अनिता राई, उपाध्यक्ष राजु थाम्सुहाङ, मदन रिजाल घाइते भएका छन ।
अखिलको केन्द्रिय सम्मेलनमा भाग लिन जाने विषयमा छलफल भइरहेको बेला युवा संघका कार्यकर्ताले आक्रमण गरेको विद्यार्थीले बताएका छन । गुरुङले भने प्रतिनिधि छनौटको विषयमा विद्यार्थीहरुबीच झडप भएको भन्दै त्यसको दोष मात्रै आफूलाई लगाइएको बताए।
भैरब आङ्ला, धरान
