आगामी मंसिर ४ मा हुने संबिधान सभाको दोस्रो निर्बाचनलाई बिफल बनाउन भन्दै तेह्रथुम जिल्लामा चार दल बिच मोर्चाबन्दी भएको छ । सदरमुकाम म्याङलुङ स्थित नेकपा-माओवादी पार्टी कार्यालयमा सम्पन्न बैठकले संबिधान सभाको दोस्रो निर्बाचनलाई बिफल बनाउन तेह्रथुम जिल्लामा ती दल बिच मोर्चाबन्दी गर्ने सहमती गरेको हो । मोर्चाबन्दीको पत्रकार सम्मेलन मार्फत आज जानकारी गराईएकोछ । मोर्चाबन्दीको संयोजकमा नेकपा- माओवादी जिल्ला ईन्चार्ज रोषन कन्दङवा सहित ३३ जना सदस्य रहेका छन् ।
यसैगरि बैठकले नेकपा एकिकृतका पोलिट ब्युरो सदस्य केबि फुदोङको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ । समितीको संयोजकको चक्रिय प्रणाली मार्फत ३/३ महिना जिम्मेवारी बहन गर्ने मञ्च सम्बद्ध संघिय लिम्बुवान राज्य परिषदका अध्यक्ष देउनारायण सम्बाहाङफेले बताए । ४ दलिय मोर्चामा नेकपा- माओवादी , मञ्चसम्बद्ध संघिय लिम्बुवान राज्य परिषद , नेकपा एकिकृत र जनमोर्चा नेपाल आबद्ध छन ।
भैरब आङ्ला, धरान
