मलेशिया मगरसंघ पुर्नगठन

Read Time:2 Minute, 7 Second

जातीय पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र मुख्य नारा सहित प्रवासी मगरसंघ मलेशियाको ५औं अधिवेशन सम्पन्न भएकोछ । सुन्दर आलेको अध्यक्षतामा एनआरएन मलेशियाका अध्यक्ष शंकर बहादुर पौडेलेको प्रमुख आतिथ्यता र आदिवासी जनजाति महासंघका महासचिव जिवन देवानको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकोथियो ।

अधिवेशनले राजेन्द्र रानाको अध्यक्षतामा २७ सदसीय कार्यसमिति चयन गरेकोछ जसमा बरिष्ठ उपाध्यक्ष एनवी पुन, उपाध्यक्ष धन पुन र प्रेम पुलामी, महासचिव राम अस्लामी, सचिव कलीराम घर्ती, कोषाध्यक्ष राजेश लामिछाने, सहकोषाध्यक्ष पुरन राना छन् ।
सदस्यहरुमा, देव हिस्की, मन बहादुर रोका, हरि दर्लामी, दुर्गा पुन, खगेन्द्र सारु, सुनिल श्रीस, जोन मगर, भक्त घर्ती, रन बहादुर घर्ती, दिपक सुनाखरी र टेक मगर छन् । जोहोर र पेनाङ क्षेत्रीय समिति र इपो इकाई समितिका लागि दुई दुई जना सदस्य मनोनित गरिनेछ । नवनिर्वाचतहरुलाई सुन्दर आलेले शपथ ग्रहण गराएकाथिए ।

नेपालबाट आएकि लोकगायिका सम्झना लामिछाने मगर र स्थानीय कलाकारहरु सोम बुढाथोकी, दलि मगर लगायतकाले मनोरन्जन गराएकाथिए । पुरन रानाले स्वागत गरेको कार्यक्रममा राम अस्लामीले प्रतिबेदन प्रस्तुत गरेकाथिए भने कलीराम घर्ती र राजेन्द्र रानाले कार्यक्रम संचालन गरेकाथिए ।
राम अस्लामी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %