मगर भाषाका आदिकवि सु. रेख बहादुर सारु मगरको ७०औं जन्मजयन्तिको अवसर पारेर शुक्रबार जिल्ला सभागृह हल दमौलीमा मगर भाषा तथा साहित्य सम्बन्धी एक दिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । तनहूँ जिल्लामा जन्मिएका मगर भाषाका आदिकवि सारुको ७०औं जन्मजयन्ति मनाउने सिलसिलमा नेपाल मगर लेखक संघ तनहूँले उक्त अन्तक्र्रिया कार्यक्रम राखेको हो । संस्था अध्यक्ष गीता थापा मगर “बेली” को अध्यक्षतामा र नेपाल मगर संघको पुर्ब महासचिव एवं मगर भाषासाहित्यका आग्रणी साहित्यकार शिव लाल थापा मगरको प्रमुख आतिथ्यमा उक्त अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो ।

मगर भाषा तथा साहित्य बिषयक उक्त कार्यक्रममा तीन जना मगर साहित्यकारहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । मगर मातृभाषमा साहित्य लेखन बिषयमा ं नेपाल मगर लेखक संघ केन्द्रिय सदस्य हेमा आले “बोगी” ले मगर भाषा साहित्यको वर्तमान अवस्थाको एक mभलक, नेपाल मगर लेखक संघका अर्का केन्द्रिय सदस्य रुद्र “सन्देश”मगर र मगर भाषामा कथा लेखन बिषयमा मगर लेखक संघ पाल्पा जिल्ला उपाध्यक्ष दुर्गा ढेंगा मगरले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।
उक्त कार्यपत्र माथि क्रमशः प्राध्यापक तिल बहादुर थापा मगर कथाकार फूल कुमारी थापा मगर र साहित्यकार धिरेन्द्र थापा मगर “किसानी” ले टिप्पणी गरेकाथिए । सो कार्यक्रममा रेन्झा रिल्हिङ्ग्या खडक आले मगर, तनहूँ जनक माकिम मगर नवलपरासी, अनुराग थापा मगर तनहूँ ,समेल थापा मगर र राम बहादुर थापा मगरले आ–आफनो साहित्यिक रचनाहरु प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि महासचिव शिवलाल थापा मगरले कुनै जातिको भाषा लोप भयो भने त्यो जातिको पहिचान हराउछ र जाति नै लोप हुन्छ । त्यसैले हामी आदिकविले देखाएको बाटोमा हिड्नुपर्छ भने । कार्यक्रममा अर्का अतिथि नेपाल मगर संघ तनहूँका अध्यक्ष झक बहादुर सारु मगरले आफ्नो मन्तब्यको क्रममा विद्धान डारिल वेब बिल्सनको भनाई उद्दत गर्दै ” तिमी सय बर्ष बाँच्नु छ भने अँगे्रजी भाषा सिक यदि लाखौ बर्ष बाँच्नुछ भने तिमी आफ्नो मातृभाषा बोल” भनेको स्मरण गराए । नेपाल आदिवासी जनजाति महासंघका सहसचिव बसुन्ध्र घर्ती, युवा संघका सिद्धान्त थापा, नेपाल मगर महिला संघ केन्द्रिय भाषिक उपाध्यक्ष मन्धरी आले मगर लगायतका वक्ताहरुले शुभकामना दिएकाथिए । कार्यक्रम सचिव शुशिला थापा मगरले संचालन गरेका थिए ।
खडक आले मगर तनहूँ
