१० बर्षीय यस्मीन गुरुङले सानो परीको ताज जितेकी छिन् । जीत हाम्रो संस्थाको आयोजनामा शनिबार भएको नवौ सस्करणको “सानो परी एण्ड सानो बाबु २०१३” मा ३४ जना प्रतिस्पर्धीलाई हराउँदै उनले क्राउन, मेडल र ट्रफी सहित दश हजार पुरस्कार पाईन् । १२ बर्षीय करुणा मल्ल फस्ट रनरअप, ९ बर्षीय अपेक्षा श्रेष्ठ सेकेन्ड रनरअप, दिप्ती थापा थर्ड रनरअप र फोर्थ रनरअप सदिप्ता पौडेल भइन् । बाबुतर्फ ११ बर्षीय सर्जेस थापाले २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै सानो बाबुको उपाधी चुम्दै १० हजार पुरस्कार पाए । बाबु तर्फ फस्ट रनरअप आयुष गौतम, सेकेन्ड रनरअप प्रज्वल भण्डारी, थर्ड रनरअफ प्रवेश भण्डारी र फोर्थ रनरअपको टाइटल सदिप भण्डारीले जिते । 
२५ बिद्यालयका ७ देखि १२ बर्ष उमेर समूहका ६० जना बालबालिकाले भाग लिएको कार्यक्रम राती बाह्र बजे सकिएको थियो । अन्तिम चरणका आठ–आठ जना नानी बाबूहरुलाई निर्णायकले सोधेको एउटै प्रश्नको उत्तर लेखेर वाचन गरेपछि अन्तिम निर्णय सुनाइएको थियो । थम्बरुल नेपाल प्रालि का प्रबन्ध निर्देशक तथा उद्यमी मिग्मार तामाङ, म्याक्सवेल इन्टरनेशनलका प्रबन्ध निर्देशक जीत राघब, सौर्य दैनिकका सह–सम्पादक दीपक सापकोटा, माई स्मल हेल्पका प्रबन्ध निर्देशक राजु मर्हजन र सञ्चारकर्मी अभिसेक लामा निर्णायक थिए । प्रतियोगिताको कोरियोग्राफी शुशिल दाहाल, अनिता थापामगर, इनिशा दुरा, रेखा पुरी र सुरज थापामगरले गरेका थिए । 
कार्यक्रममा एक दकशदेखि पत्रकारितामा क्रियाशिल नागरिक दैनिक र शुक्रवार साप्ताहिकका संवाददाता मनोज घर्तीमगर र डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल कान्तिपुर दैनिकका शिव शर्मालाई जित हाम्रो संस्थाले सम्मान गरेको थियो । संस्थाका प्रबन्ध निर्देशक राजेश जोशीले सम्मानित दुवैलाई खादा लगाई सम्मान पत्र प्रदान गरेका थिए ।
मनोज
