तामाङ संचार समुहको प्रथम जिल्ला अधिवेशनबाट सन्तवीर लामा तामाङ सर्वसम्मत धनकुटा जिल्ला शाखाको अध्यक्ष पदमा चयन भएका छन । नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य लालचन्द्र गोङ्गवा तामाङको प्रमुख आतिथ्यमा सम्पन्न तामाङ संचार समुहको प्रथम जिल्ला अधिवेशनले समुहको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्ष क्रमशः सम्मी घिसिङ्ग तामाङ ,मानवी मोक्तान तामाङ ,मालती घिसिङ्ग तामाङ र लिला तितुङ्ग तामाङलाई सर्वसम्वत चयन गरेको छ ।
तामाङ संचारकर्मीहरुलाई पत्रकारिता पेशामा लाग्न र वृद्धिविकास गराउन प्रेरणा जगाउने उदेश्यले प्रथम पटक भएको प्रथम जिल्ला अधिवेशनले समुहको सदस्यहरुमा सारथी तामाङ, पञ्चमाया थिङ्ग तामाङ ,मुना योञ्जन तामाङ र मीना तितुङ तामाङ लाई चयन गरेको छ ।
त्यसैगरी नेपाल तामाङ घेदुङका केन्द्रिय सल्लाहकार सदस्य वीरवहादुर तितुङ्ग तामाङको संयोजकत्वमा सात सदस्यीय तामाङ संचार समुहको धनकुटा शाखाको सल्लाहकार समिति पनि चयन गरिएको छ । समितिको सदस्यहरुमा लाचन्द्र गोङ्गवा तामाङ, सुन्दरलाल घिसिङ्ग तामाङ, सिताराम थिङ्ग तामाङ, निरेन तितुङ्ग तामाङ, सेतुलाल पाख्रीन तामाङ र कुमार तितुङ्ग छन ।
भैरब आङ्ला, धरान
तस्वीर सौजन्य ः तामाङ संचार समुह धनकुटा
