नेविसंघ महाधिवेन फेरि स्थगन

Read Time:2 Minute, 56 Second

नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन दोस्रो पटक फेरी स्थगित भएको छ । नेविसंघको दोस्रो महाधिवेशनको मिति भदौ २९, ३० र ३१ गते तोकिएपनि अन्तिम समयमा आएर स्थगित भएको हो । केही क्याम्पस तथा जिल्लाहरुमा अधिवेशन हुन नसकेको र संविधानसभाको निर्वाचन नजिकिएकाले अधिवेशन स्थगित गर्नुपरेको नेविसंघले जनाएको छ ।
 नेविसंघका अध्यक्ष रञ्जित कर्णले विहीवार एक विज्ञप्ति जारी गरी माउ पार्टीको सल्लाहमा अधिवेशन स्थगित गरिएको उल्लेख गरिएको छ । महाधिवेशन सम्पन्न गर्ने क्रममा केही जिल्ला, विश्वविद्यालय र केही क्याम्पसहरुको अधिवेशन हुन नसकेको तथा संविधानसभाको निर्वाचनमा सिंगो पार्टी उम्मेदवार छनौटको प्रक्रियामा लाग्नु परेकोले अधिवेशन स्थगित भएको कर्णले जनाउनुभएकोछ । कणर््ँले सवै नेता तथा कार्यकर्ताको भावनालाई मध्यनजर गर्दै तत्काल अधिवेशनको मिति तय गर्ने वताउनु भएको छ । कर्णले केन्द्रको अधिवेशन रोकिएपनि अधिवेशन हुन बाँकी क्याम्पस, विश्वविद्यायल तथा जिल्लाको अधिवेशन भने छिटो सम्पन्न गर्न विज्ञप्ति मार्फत निर्देशन दिएकाछन ।
नेसिसंघको अध्यक्षवाट प्रदिप पौडेलले राजीनामा दिएपछि छ महिना भित्रमा अधिवेशन गराउने जिम्मेवारीका साथ नेतृत्वमा आएका रञ्जित कर्णले २० महिना पुग्दासम्म पनि अधिवेशन गराउन सकेनन् । विद्यार्थी नेताहरुको विवादका कारण करिव ६ बर्षयता महाधिवेशन हुन सकेको छैन् । अधिवेशन गराउने जिम्मेवारी पाएको २० महिनासम्म पनि अधिवेशन गराउन नसक्नु र दोस्रो पटक अधिवेशन स्थगित गर्नुले अध्यक्ष रञ्जित कर्णको अक्षमता प्रष्ट भएको नेविसंघकै नेताहरुले आरोप लगाएका छन् ।
नेविसंघको विधानमा महाधिवेशन प्रत्येक दुई–दुई बर्षमा हुनुपर्ने, अधिवेशन ६ बर्ष वित्दा पनि हुन सकेको छैन । विवादकै कारण भन्डै ४० जिल्लामा अधिबेशन हुन बाँकी रहेकाले भदौ २९, ३० र ३१ गतेका लागि तोकिएको अधिवेशन स्थगित गरिएको हो ।
आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %