२३ बर्षदेखि पहिचानको राजनीति गरिरहेको राष्ट्रिय जनमुक्ति पार्टी र केहि महिना अघि नेपाली काग्रेंस, एमाले लगायत दलबाट बिद्रोह गरि निस्किएका चर्चिच जनजाति नेताहरु सम्मिलित सामाजिक लोकतान्त्रिक पार्टीबीच एकिकरण प्रक्रिया शुरु भएकोछ । हिंजो बसेको पहिलो चरणको वार्ताले सकारात्मक रुख लिएको लोकतान्त्रिक पार्टीका अध्यक्ष पासाङ शेर्पाले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेकाछन् ।

जनमुक्तिको तर्फबाट वार्तामा उपाध्यक्ष शिवलाल थापा, महासचिव केशव सूर्यवंशी, बरिष्ठ नेता डिके बुद्धिस्ट लगायत थिए भने लोकतान्त्रिकका पासाङ शेर्पा, दलमर्दन कामी लगायतका सहभागी थिए । शेर्पा एमालेबाट बिद्रोह गरेका संविधानसभा सभासद हुन् ।
जनमुक्ति आगामी संविधानसभामा भाग लिन निर्वाचन आयोगमा दर्ता गरि चुनावी प्रचारमा ब छ भने शेर्पाको दल बैद्य पक्षीय माओवादीको ३३ दलीय मोर्चासंग सहकार्य गरि चुनाव बहिष्कार गर्ने अभियानमा छ ।
अर्काे वार्ता यसै हप्ता गर्ने गरि हिंजोको बैठक टुङ्ग्याइएको बताइएकोछ ।
यसअघि जनमुक्ति र ६ वटा जनजाति दलबीच एकिकरण भैसकेकोछ ।
