नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा आदिवासी जनजाति पत्रकारहरुका लागि ३ दिने आधारभुत पत्रकारिता तालिम आज बुधवार (२०७० भदौ ६ गते) देखी दाङको घोराहीमा शुरु भएको छ । फोनिज केन्द्रिय समितिको आयोजना तथा फोनिज जिल्ला शाखा दाङको संयोजनमा राप्ती अञ्चलका पाँचै जिल्लाका आदिवासी जनजाति पत्रकारहरुको सहभागिता रहेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दाङकी अध्यक्ष देविका घर्ती मगरको अध्यक्षता तथा दाङका स्थानीय विकास अधिकारी विष्णुप्रसाद पोखरेलको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघ दाङका सचिव तथा फोनिज दाङका सल्लाहाकार सविन प्रियासनको विशिष्ट आतिथ्यतामा तालिम उद्घाटन गरिएको थियो ।
तालिम उद्घाटन कार्यक्रममा फोनिजका मध्यपश्चिम क्षेत्रिय संयोजक खेम बुढा, थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष तथा तालिमका मुख्य प्रशिक्षक लक्की चौधरी, जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी अरुणकुमार शाह, नेपाल आदिवासी जनजाति महासंघ दाङका अध्यक्ष तिलबहादुर पुन मगर, नेपाल मगर संघ दाङका अध्यक्ष भोपलाल रोकामगरलगायतकाले शुभ–कामना मन्तव्य व्यक्त गरे । फोनिजका केन्द्रीय सदस्य रीता लामाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण केन्द्रीय पार्षद् माधव चौधरीले गरे । कार्यक्रमको उद्देश्यमाथि फोनिजका केन्द्रिय प्रोजेक्ट कोर्डिनेटर एचबी थापाले प्रकाश पारेकाथिए । तालिममा राप्ती अञ्चलका २२ जना आदिवासी जनजाति पत्रकारहरुको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष लक्की चौधरी, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव राजेश राई हुन । तालिम तिन दिनसम्म चल्नेछ ।
देविका घर्ती मगर
