लिम्वूवना वन्दको कारण विहानै देखि पुर्वको जनजीवन प्रभावित भएको छ । ईन्द्रहाङ खम्वूको संघिय लोकतान्त्रिक मोर्चा र मिसेकहाडको संघिय लिम्वूवान राज्य समितिको संयुक्त वन्दको कारण पुर्वको नौ जिल्ला वन्दवाट प्रभावित भएको हो । संविधानसभा अगावै लिम्वूवान सुनिश्चित हुनुपर्ने, लिम्वूवान क्षेत्रको प्राकृतिक स्रोत साधनहरु लिम्वूवनानी जनताहरुले नै उपभोग गर्नुपर्ने लगायतको माग राखि वन्द आवहान गरेको हो । 
वन्दको कारण पुर्वमा यातायातको कुनै पनि साधन चलेका छैनन् भने धरान, दमक, विर्तामोड लगायतका क्षेत्रमा वजार समेत वन्द छन् । विहानै देखिको वन्दको कारण पुर्वको नौ जिल्ला सुनसरी, मोरङ, झापा, ईलाम, ताप्लेजुङ, पाचथर, तेह्रथुम, धनकुटा र संखुवासभा प्रभावित भएको छ ।
भैरव आङला, धरान
आज लिम्बुवान बन्द
Read Time:1 Minute, 14 Second
