नेपाली साहित्य समाज दक्षिण कोरियाले स्थापनाको एक वर्ष पुगेको अवसर पारेर वार्षिक उत्सव कार्यक्रमको आयोजना गर्ने भएको छ । यहि आउदो सेप्टेम्बर १८ तारिख कोरियनहरूको चाड चुसकको पहिलो दिन नेपालीहरुको साझा घर नेपाल हाउसमा दिनको ठिक २ बजे देखि कार्यक्रम हुन गईरहेको हुँदा कोरिया रहेका सम्पुर्ण साहित्यप्रेमीहरूलाई उपस्थिती लागि अनुरोध गरेको छ ।
डायोस्पोरामा बसेर यस्ता किसिमका कार्यक्रम आयोजनाले नेपाली भाषा र साहित्यको नीम्ति सेतुको काम गर्ने यस समितिकी सल्लाहकार प्रगति राई बताउछिन । राईको भर्खरै ”लेखककी स्वास्नी ” नामक उपन्यास बजार आएको छ । यसरी नै आगामी दिनहरुमा पनि अझै नेपाली भाषा , साहित्यको नीम्ति सशक्त रुपमा लागि पर्ने यस संस्थाका अध्यक्ष प्रबिण राईले बताए ।
गत सेप्टेम्बर १ तारिखमा सुवन स्थित होटेल स्यम्भुमा बसेको बैठकले नेपाली साहित्य समाज दक्षिण कोरिया को बिधान पारित गर्नुका नयाँ कार्यसमितिको पनि चयन गरेको छ | नयाँ कार्यसमितिको अध्यक्षमा – प्रबिण राई , उपाध्यक्षमा – अनिल शर्मा सुबेदी र कल्पना राई, सचिब – झबिन्द्र बेल्बासे , सह सचिब सुबास सापकोटा, कोषाध्यक्ष- निश्चल काउचा त्यसैगरी
सदस्यहरुमा हरिसरण न्यौपाने, युबराज दाहाल , कोपिला राई , सुबास भुजेल, डी आर भुजेल र जिबन पौडेल रहेका छन | समितिको सल्लाहकारहरुमा प्रगति राई , दिनेश राई, डम्बर सुब्बा, रघु त्रिपाठी, र रुद्र शर्मालाइ चयन गरिएको छ |
निश्चल काउचा
