माओवादी बन्दको समाचार रद्द ! फिर्ता लियो बन्द

Read Time:4 Minute, 17 Second

गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारी दम्पतीका छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले शुक्रबार माओवादी कार्यकर्ता रामप्रसाद अधिकारीलाई पक्राउ गरेको विरोधमा बन्द  गरिएकोछ । माओवादी कार्यकर्ताले पक्राउको विरोधमा शनिबार काठमाडौं, ललितपुर, चितवन र गोरखा बन्दको आयोजना गरेका छन । अधिकारीलाई पक्राउ गरिएको सूचना पाएलगत्तै एकीकृत माओवादी नेवाः राज्य समिति, गोरखा र चितवन जिल्ला समितिले आकस्मिक रुपमा बन्द आह्वान गरेका हुन । वाइसीएल उपत्यका इन्चार्ज रामप्रसाद सापकोटाले आजको बन्दमा उपत्यकामा मात्र ५ हजार वाइसीएल परिचालन गर्ने बताए । बन्द बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने माओवादीले जनाएको छ । बन्दका कारण जनजिवन प्रभावित भएको छ भने नेपाली हिन्दू महिलाहरुको तीजको दरखाने पर्वमा सास्ती खेप्नु परेको छ ।

 चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले काठमाडौको बागबजारबाट उनलाई पक्राउ गरेको हो । रामप्रसादलाई पक्राउ गरेर अबेर राति चितवन ल्याइपुर्याइएको एसपी प्रद्युम्न कार्कीले जानकारी दिए ।  चितवन प्रहरीले यो साता अस्पतालमा अनशन गरिरहेका अधिकारी दम्पतीसँग लिएको बयानमा उनीहरुले रामप्रसाद अधिकारीको नाम छोराको हत्यारा भनेर किटेकै थिए । त्यस्तै कृष्णप्रसाद अधिकारीका दाजु नुरप्रसाद अधिकारीले दिएको जाहेरीमा पनि रामप्रसाद अधिकारी नै हत्यारा भएको दाबी गरिएको छ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीलाई चितवन पुगेको बेला माओवादी कार्यकर्ताले गैरन्यायिक रुपमा हत्या गरेको भनी कृष्णप्रसादका बुबाआमा नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारी डेढ महिनाभन्दा लामो समयदेखि अनशनमा छन ।

एकीकृत माओवादीले गोरखा फुजेलका आफ्ना कार्यकर्ता रामप्रसाद अधिकारीलाई हत्या आरोपमा काठमाण्डुमा पक्राउ गरेको विरोधमा आज काठमाण्डु उपत्यका, चितवन र गोरखा बन्दको घोषणा गरेको छ । अधिकारीलाई शुक्रबाट साँझ बागबजारबाट प्रहरीले पक्राउ गरेको थियो ।  डिल्लीबजारमा व्यवसाय गर्दै आएका अधिकारीलाई सशस्त्र द्वन्द्वका बेला गोरखा फुजेलका कृष्ण अधिकारी हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो । एकीकृत माओवादी प्रवक्ता अग्नि सापकोटाले द्वन्द्वकालीन मुद्धाको टुंगो सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत लगाउनुपर्नेमा आफ्ना कार्यकर्तालाई हत्याको आरोपमा पक्राउ गरिनु शान्ति सम्झौताविपरीत भएको बताए ।

आफना छोराको हत्यामा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै नन्दप्रसाद अधिकारी दम्पति वीरअस्पतालमा अनसनमा बस्दै आएका छन् । केही दिनअघि एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई भेटी सशस्त्र द्वन्द्वकालीन घटना आफूहरुको निर्देशनमा भएको र पक्रनु पर्ने भए आफूहरुलाई नै पक्रन चुनौती दिएकाथिए ।

आनन्द  गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %