ठूला दलको लचकताले संघीय पनि चुनावमा भिड्ने भो

Read Time:2 Minute, 55 Second

उच्चस्तरीय राजनीतिक समिति र अशोक राई नेतृत्वको संघीय समाजवादीबीच पाँचबुँदे सहमतिमा हस्ताक्षर भएको छ । समिति र संघीय समाजवादीबीच नयाँ बानेश्वरमा बिहान भएको वार्ताले यसअघि नै भएको सहमतिलाई औपचारिकता दिएको हो । सहमतिपत्रमा समितिका तर्फबाट काँग्रेस उपसभापति रामचन्द्र पौडेल र संघीय समाजवादीका तर्फबाट अध्यक्ष राईले हस्ताक्षर गरेकाछन ।


 


 सहमतिपत्रमा संविधानसभा सदस्य संख्या ६ सय १ नै कायम गर्ने, विघटित संविधानसभामा प्रतिनिधित्व गरेका दलहरुको सहभागितामा सर्वदलीय बैठक बोलाउन सरकारलाई आग्रह गर्ने, भावी संविधानसका आधारभूत सिद्धान्तबारे छलफल गरी विघटित संविधानसभामा भएको सहमतिसमेतका आधारमा आवश्यक सहमति कायय गर्न अधिमकत प्रयत्न गर्ने उल्लेख छ । यस्तै विदेशमा रहेका नपाली नागरिकलाई मताधिकार प्रयोग गर्न दिने सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गरी प्रक्रिया सुरु गर्ने र संघीय समाजवादी पार्टी घोषित आन्दोलनका कार्यक्रम फिर्ता गरी ४ मंसिरमा घोषित संविधानसभा निर्वाचनमा सहभागी हुने सहमति पनि दुई पक्षबीच भएको बैठकमा सहभागी समिति सदस्य डाक्टर मिनेन्द्र रिजालले जानकारीदिए ।
जनजाति, मधेसी, दलित, महिलाको जनसंयख घटाउने गरि संविधानसभाको ६०१ संख्या घटाईने ठूला दलको खुराफात यो वार्ताले सफाचट बनाईदिएकोछ । एक जना वार्तामा सहभागीको भनाईमा यो उत्पिीडितहरुका निम्ति ठूलो जित हो ।

त्यसैगरी सदस्य रिजालले मोहन बैद्य नेतृत्वको माओवादीसंग पनि छलफल भैरहेको र आजै मात्र रामचन्द्र पौडेलसंग भएको वार्ता सकारात्म भएको र वार्ता सहमति उन्मुख भएको जानकारी दिए ।
समिति संयोजक काँग्रेस सभापति सुशील कोइराला राजधानीबाहिर रहेका कारण बिहीबार सहमतिमा हस्ताक्ष्र हुन सकेको थिएन । सहमतिपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेताहरुले निर्वाचनको वातावरण बन्दै गएको प्रतिक्रिया दिए ।  यो वार्तालाई चुनावी वातावरण बनाउने अत्यन्त सकारात्मक पहलको रुपना हेरिएको छ ।
आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %